मध्य पहाडी पुस्पलाल लोकमार्गमा सुख्का पहिरो खस्दा यातायात बन्द

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमको मध्य पहाडी पुस्पलाल लोकमार्ग अन्तरगत सानीभेरी गाउपालिकाको वडा नम्बर ९ सुहिहालेमा सुख्का पहिरो खस्दा यातायात आवागमन बन्द भएको छ | मुसिकोट चौरजहारी खण्डको सुलिहालेमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको स्थानीय कमल कुमार ओलीले बताए | सडक पूर्ण रुपमा बन्द हुदा गाडीमा सवार यात्रीहरु बीच बाटोमै अलपत्र भएका छन |

गन्तब्य सम्म पुग्ने गरि सदरमुखाम खलंगाबाट गाडी चढेका यात्रीहरु बाटो बन्द हुदा बीच बाटो मै बास बस्न बाध्य परेको चौरजहारीका स्थानीय डिल्ली कवरले बताए | माच्मि चौरजहारी सडक खण्डको निर्माण कार्य गरिरहेको दिवा यन्ड बशन्त जेभीले १ हप्ता अगाडी सोहि ठाउमा बर्षा याममा गएको पहिरो ५ दिन लगायर पछ्यायको थियो |

मंगलबार दिउसो २ बजेको समयमा आयको पहिरोले यात्रीलाई अलपत्र बनाएको छ भने भने पैतल यात्रीलाई समेत जोखिम मोलेर हिड्नुपर्ने बाध्यता रहेको अर्का स्थानीय बिनोद डाँगीले बताउनुभयाे | पहिरो पन्च्याउँन २ / ३ दिन लाग्ने अनुमान गरीयको छ | यसै मार्ग भएर चौरजहारी नगरपालिका , सल्यान , दाङ , जाजरकोट र प्रदेश राजधानी सुर्खेत सम्म गाडी जाने गर्दछ | प्रदेश राजधानी जाने यात्री हरु बैकल्पिक बाटो भएर जाने गरेको बताएको छ |  

प्रकाशित मिति: १४ माघ २०७७, बुधबार १३:३५