सल्यानमा आइतबारदेखी राष्ट्रिय परिचयपत्र तथा तथ्यांक संकलन कार्य सुरू

करेश्मा गिरी / सल्यान ।

राष्ट्रिय परिचयपत्र, पञ्जीकरण तथा सामाजिक सुरक्षा सम्बधी अन्तरक्रिया कार्यक्रम शुक्रबार खलंगामा सम्पन्न भएको छ। नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र भएकाेले राष्ट्रिय परिचयपत्र बिभागले राष्ट्रिय परिचयपत्र बितरण गर्न लागेकाे हाे । उक्त  परीचयपत्रमा ब्यक्तिकाे नाम, थर, ठेगाना, उमेर, लिंग तथा त्यस्तै अन्य व्यक्तिगत विवरणहरू औंला छाप, परिचय नम्बर फोटो अादी समावेश गरीएकाे हुन्छ ।

नागरीकता प्राप्त तथा नागरीकता प्रप्त गर्न सक्ने उमेर समुहका ब्यक्तिलाइ उक्त राष्ट्रिय परीचय पत्र दिन सकिने  ब्यवस्था छ, तर अहिले जिल्लाको हकमा भने नागरीकता प्राप्त ब्यक्तिलाइ मात्र उक्त राष्ट्रिय परिचयपत्र दिन सकिने राष्ट्रिय परिचयपत्र तथा पञ्चीकरण विभागका निर्देशक शिबराज जोशिले जानकारी दिनुभयाे । प्रत्यक स्थानीय तहबाट उक्त सेवा लिनसकिने समेत उहाँले बताउनुभएको छ ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले प्रत्यक स्थानीय तहबाट वितरण हुने राष्ट्रिय परिचयपत्र बितरण कार्यक्रम तथा तथ्यांक संकलन कार्यमा सहभागि हुन उमेर समुह पुगेका सम्पुर्ण जिल्लावासी जानसमुदायलाइ अनुरोध समेत गर्नुभएको छ ।

  सबै स्थानीय तहको तथ्यांक संकलन एकै पटक लिन असहज हुने भएकोले ३ महिना भित्र सम्पुर्ण तथ्यांक ल्याउने उदेश्यले २ स्थानीय तहको एकै समयमा तथ्यांक लिन सकिने व्यवस्था समेत मिलाइएको उहाँले बताउनुभयो । साथै उक्त तथ्यांक १५ दिन भित्र जिल्ला प्रशासनमा बुझाउनुपर्ने समेत तामाङले जानकारी गराउनु भएको छ ।

आगामी आइतबार देखी सुुरु हुन लागेको राष्ट्रिय परिचय पत्र वितरण कार्यक्रम सुरुमा जिल्लाको. कपुरकोट गाँउपालिका र त्रिबेणी गाँउपालीकामा संचालन हुने छ । साे कार्यक्रम ३ महिना संचालन हुनेछ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ,जिल्ला प्रहरी प्रमुख गोबिन्द थापा, जिल्ला समन्वय समिती प्रमुख,  स्थानीय तहका प्रमुख तथा उपप्रमुख , पत्रकार लगाएतकांको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: १६ माघ २०७७, शुक्रबार १८:५९