भेरीदोभान साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा चाईनाबगरमा सम्पन्न

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिम भेरीदोभान साना किसान कृषि सहकारी संस्था लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । सानीभेरी गाउँपालिका १ को वडा कार्यालय चाइनाबगरमा भएको साधारण सभा सम्पन्न भएको आयोजकले बताएको छ । कार्यक्रममा संस्थाका कर्मचारी एवं सञ्चालक समितिका सदस्य सचिबको तर्फबाट आर्थिक बर्ष २०७६र०७७ को बार्षिक लेखा परिक्षण प्रतिबेदन तथा आर्थिक बर्ष २०७७र०७८ को प्रस्तावित कार्यक्रम तथा बजेट र सभाको प्रतिबेदन प्रस्तुत गरिएको थियो ।

सञ्चालक समितिको तर्फबाट अध्यक्ष शेरबहादुर पुनले प्रस्तुत प्रतिवेदनमा आर्थिक बर्ष २०७७र०७८ का लागि निति तथा कार्यक्रमहरु सम्मान कार्यक्रम, सहकारी पसल, ऋणी सदस्य बिमा, संस्था हस्तान्तरण प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । त्यस्तै संस्थाको परिकल्पना तर्फ संख्यातमक बढाउने योजना, कारोबार आधारित बृद्धि योजना, संस्थागत सुदृढिकरण योजना, कार्यविधिमा संशोधन प्रस्ताब, लेखा परिक्षक नियुक्ति सम्बन्धमा सञ्चालक समिति तथा अन्य समिति चयन सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएको कृषि सहकारीले  गर्नुभएकाे थियाे ।

कार्यक्रममा संस्थाका कर्मचारी एवं सञ्चालक समितिका सदस्य सचिबको तर्फबाट आर्थिक बर्ष २०७६र०७७ को बार्षिक लेखा परिक्षण प्रतिबेदन तथा आर्थिक बर्ष २०७७र०७८ को प्रस्तावित कार्यक्रम तथा बजेट प्रतिबेदन प्रस्तुत सहकारी संस्था प्रवन्धक गौरी बुढाथोकी गरेका थिय । साधारण सभामा शुभकामना ब्यक्त गर्दै गाउँपालिका अध्यक्ष पुनले सभामा न्युन सहभागिता रहेकाले यस्तो नगर्न सुझाब दिनुभएकाे छ । ४०६ जना शेयर सदस्य रहेको संस्थामा ५० जनाको सहभागिता हुनुभनेको राम्रो शन्देश नजाने बताउनुभयाे।अध्यक्ष पुनका अनुसार अर्काे सभामा पनि यसरी नै न्युन सहभागिता भएमा संस्था नैखारेज गरिदिने चेतावनी समेत दिनुभएकाे छ ।

सहकारी संस्थाका अध्यक्ष शेर बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनको प्रमुख आथित्यता रहेको थियो उक्त कार्यक्रममा नेपाल कम्निस्ट पार्टी नेकपा सानीभेरी गाँउपालिका अध्यक्ष टेक बहादुर पुन बिशालको बिशेष अाथित्यता रहेको थियो भने सहकारी जनमुखी हुनुपर्नेमा सहभागीको जोड थियो |

प्रकाशित मिति: १८ माघ २०७७, आईतवार १४:००