चिहान विवादले कोटमौलाको जलेखर्कमा बढ्यो द्धन्द ,मान्छे मर्दा आउछ समाधी सार्न घरमै चिठ्ठी

मिना बुढाथोकी

सल्यानको बागचौर नगरपालिका–९ जलेखर्कमा चिहानको विषयमा विवाद उत्पन्न भएपछि स्थानियहरु विच द्धन्द बढेको छ ।जलेखर्कमा रहेको करिब डेढ सय वर्ष पुरानो समाधीस्थल प्रयोग भैरहेको भएपनि पछिल्लो समयमा स्थानीयहरुले एक आपसमा विवाद शुरु गरेका छन् ।

समाधीस्थल सोहि ठाउँमा कायमै राख्नेकी स्थानान्तरण गर्ने भन्ने विषयमा गाउँलेहरु दुई पक्षमा विभाजित भएका छन् । चिहानका कारण बढेको द्धन्दले वर्षौँदेखिको गाउँलेहरु विचको सम्वन्ध विग्रदै गएको छ ।

एउटा पक्षले डेढ दशक देखी प्रयोग गरिरहेको पितृकोटमा रहेको समाधी स्थल कायमै राख्ने भन्दै आएको छ भने अर्को पक्षले बस्ती विस्तार भएकोले समाधीस्थल गाउँभन्दा टाढा बनाउनुपर्ने अडान राखेका छन् ।

जलेखर्कमा अधिकांश परिवार दशनामी समुदायका छन् । उनिहरुले मृत्युपछि चिहान बनाएर समाधिष्ट गर्ने प्रचलन हुन्छ ।

हाम्रो पुर्खाहरुको यसै पितृकोटमा समाधीहरु छन्,हामी पनि मृत्यु पछि यही बस्ने हो,स्थानीय चन्द्र बहादुर कवर योगीले भन्नुभयो,हाम्रो घर अस्थाइ हो यो चिहान नै हाम्रो स्थाइ घर भएकाले मृत्यु पछि हाम्रो पुर्खाहरुसंग नै हामीपनि बस्न चाहन्छौ ।

स्थानियहरुको विवादपछि आफुहरुले सोहि स्थानमा अमिन बोलाएर चिहानको लागी जग्गा छुट्याएका उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ,अहिले पनि हामीले आप्mनो ठाउँमा समाधी बनाउन नपाउने यो कस्तो अन्याय हो ।

जब यहाँ कसैको मृत्यु हुन्छ, यो ठाउँमा चिहान नबनाउनु होला भनेर त्यो घरमा चिठ्ठीहरु भेटिन्छ, उहाँले भन्नुभयो । मानिस लाइ एक अकल्पनिय दुख परेको बेला छिमेकी हरुले छोडेको यस्तो पत्रहरुले झनै दुखी बनाउने गरेका उहाँको भनाइ छ ।

चिहानको सम्बन्धी विवाद इलाका प्रहरी कार्यालय थारमारे,वडा कार्यालय हुँदै नगरपालिका सम्म पुगेको छ । यस विषयमा सम्बन्धित सरोकारवालाहरुले पटक पटक दुबै पक्षहरुबीच सहमती गराएपनि कार्यान्वयन भने हुन सकेको छैन्  ।

यता अर्कोपक्षले भने चिहान भएको ठाउँ आसपासमा अहिले बस्ती विस्तार हुँदै गएकाले आफुहरुलाइ समस्या भएको बताएका छन् ।

पुर्खौदेखी यस स्थानमा मानिसहरुको समाधिष्ट गरिदै आएपनि अब भने बस्ती विस्तार हुनथालेपछि स्थानान्तरण गर्नुपर्ने स्थानीय खिमावली गिरीले बताउनुभयो ।

घर नजिकै रहेको चिहान स्थलमा लाशहरु ल्याउँदा महिला र बालबालिकाहरुलाइ डर तथा त्रास हुने गरेको उहाँको भनाइ छ ।

प्रकाशित मिति: २० माघ २०७७, मंगलवार १५:१४