रुकुम पूर्वको कमलताल बाट कमलका जरा निकाल्न सुरु

प्रचण्ड खत्री / रुकुम पशिम

रुकुम पूर्वको कमलताल बाट कमल जरा निकाल्न सुरु गरिएको छ । रुकुम पूर्वको सिस्ने गाउपालिका वडा नम्बर ५ रुकुमकोटमा रहेको ताल बाट निकालेर बिग्री वितरण सुरु गरियको बताएको छ | सिस्ने गाउपालिकाले यो बर्ष ठेक्का आह्वान गरेर निकाल्न सुरु गरियको हो । स्थानीय रमित कुमार शाहले थोरै रकममा ठेक्का लियका छ । आईतबार देखि जरा निकाल्न सुरु गरियको ठेकेदार शाहले बताउनुभयाे ।

सिस्ने गाउपालिकाले थोरै अंक १ लाख तोकेर ठेक्का आह्वान गरेको थियो । शाहले भने १ लाख २५ हजार १ सय रुपैयामा डाठ निकाल्ने जिम्मा लियको सिस्ने गाउपालिकाले जनायको छ । यो बर्ष भने सिस्ने गाउपालिकाले कमलको वितरणको मुल्य समेत निर्धारण गरेको सिस्ने गाउपालिका अध्यक्ष कुमारी बरालले बताउनुभयाे ।

प्रति केजी ५ सयका दरले कमलको बिग्री वितरण गर्ने गरि गाउपालिका संग सम्झौता भएको अध्यक्ष बरालले बताईन । बिग्री वितरण ठेकेदारले आफ्नै ढंगले गरेको गुनासो गाउपालिकामा आयपछी ठेकेदार सित सम्झौता गरि प्रति केजी ५०० सय रुपैया दर तोकेको बताएको छ।

कमल निकाल्ने महिला पुरुसको प्रतिदिनको दर पनि तोकियको बताएको छ  । कमल दहको बिचबिचमा गयर कमल निकाल्ने पुरुसले १ दिनको ६ सय , छेउछाउमा गयर निकाल्ने पुरुसले ५ सय र महिलाको लागि ४ सय दर कायम गरीयको सिस्ने गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले बताउनुभयाे । माघ १८ गत्ते देखि कमल निकाल्न सुरु गरियको काम चैत्र १७ गत्ते सम्म निकाल्ने गरि सम्झौताभएको प्रमुख प्रशासकीय अधिकृत दाहालले जनकारी दीनुभयाे ।

कमलको बिभिन्न कार्यमा प्रयोग गरिन्छ । कमलको अचार खाईन्छ । जन्डिस रोगको उपचारको लागि बढी प्रयोग हुन्छ । हरेक बर्ष १ पकट कमल निकाल्ने गरिन्छ । स्थानीय तह गठन भएपछी सिस्ने गाउपालिकाले यसै गरि कमल निकाल्ने कार्य गरेको छ । कमलको डाठ देशका बिभिन्न ठाउमा माग समेत हुने गर्दछ। कमलको डाठ रुकुम पशिम , सल्यान ,जाजरकोट , सुर्खेत , दाङ , बाग्लुङ , रोल्पा , संघीय राजधानी काठमाडौं लगायत विदेश सम्म यसको माग भै निर्यात समेत हुने गर्दछ ।

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १५:३३