सडक छेउँ उभिएकालाई स्कुटरले ठक्कर दियो, चालक सहित तीन जना घाइते

सल्यान- सल्यानको कपुरकोटमा स्कुटरले ठक्कर दिदा ३ जना घाइते भएका छन् । कपुरकोट बजारमा रा ३ प २७०४ नम्बरको स्कुटरले सडक छेउँमा रहेका कपुरकोेट ३ निवासी लिलाराम थापा र विष्णु खड्कालाइ ठक्कर दिएको हो ।

उनीहरु सहित स्कुटर चालक त्रिवेणी ३ सल्यान निवासी भिम बहादुर वली पनि घाइते छन् । गम्भीर घाइते चालक भिम बहादुर र लिलाराम थापालाई उपचारका लागि दाङ पठाइएको प्रहरीले बताएको छ । एकजनाको स्थानीय मेडिकलमै उपचार भइरहेको छ । मदिरा सेवन गरेर स्कुटर चलाएका कारण दुर्घटना भएको स्थानीयले बताएका छन् ।

 

प्रकाशित मिति: २३ माघ २०७७, शुक्रबार १६:१८