युद्ध पर्यटन तथा मेलगैरी जनबादी सास्कृतिक मेला उत्घाटन

प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिममा धेरै जसो ठाँउमा जनबादी मेला लाग्ने गर्दछन | कोहि मेलाका लोप हराउदै गएका छन भने कोहि मेलालाई स्थानीय तहले संरक्षण गर्दै आएको छ । मेलाका आफ्ना आफ्ना योजना हुन्छन । रुकुम पशिम १० बर्षे जनयुद्मा थुप्रैले आफ्नो ज्यान घुमायका छन । त्यहिको सम्झनामा स्थानीय तहले जनबादी मेलाको आयोजना गरेको पाईन्छ ।

स्थानीय तह निर्माण भएपछि बाफिकोट गाउपालिकाले युद पर्यटन तथा मेलगैरी जनबादी सास्कृतिक मेलाको आयोजना गर्दै आएको छ । यो बाफिकोट गाउपालिकामा १० बर्षे जनयुद्को बेलामा ८५ जना होनाहार युवाले आफ्नो ज्यानको आभुती दियका हुन । त्यस मेलगैरीमा ५ जना खत्री बन्दुको राज्य पक्ष हत्या गरेको सम्झनामा जनबादी मेला मनाउदै आयको सहित परिबार समाज बाफिकोट गाउपालिका अध्यक्ष धन बहादुर खत्रीले जानकारि दिनुभयाे ।

शनिबार १ कार्यक्रमका बीच प्रदेश सभा सदस्य तथा सामाजिक बिकाश सभापति देबी ओलिले ब्यानर पढेर कार्यक्रमको उत्घाटन गरेको हुन । प्रमुख अतिथि समेत रहेकि ओलीले आतंककारी बाट सुरु भएको १० बर्षे जनायुद्का कारण थुप्रै परिबारबाट मानिसले राज्य संचालनको निम्ति ज्यान घुमायको स्मरण गर्दै सहितको सपनाको निम्ति स्थानीय तहले जगेर्ना गर्न स्थानीय तहलाई सुझाब दिएको बताउनुभयाे । स्थानीय तहको जनप्रतिनिधिलाई न्याय र समाजबादको निम्ति लड्न जनप्रतिनिधिलाई निर्देशन दीईन । अर्को प्रसंगमा ओलीले युवाहरुलाई रोजगारमा आत्मनिर्भर बढाउँन बिभिन्न बैंक संग समन्य गरेको बताउनुभयाे ।

बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसीको अध्यक्षतामा भएको उत्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य तथा सामाजिक बिकाश सभापति देबी ओलीको प्रमुख आतित्यता रहेको थियो भने नेपाल कम्निस्ट पार्टी नेकपाका केन्दीय सदस्य बसन्त शर्माको बिशेस आथित्यता रहेको थियो । त्यस्तै जिल्ला समन्य समिति रुकुम पशिमकि उपप्रमुख ईन्द्रिरा बुढा , बाफिकोट गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ , १ देखि १० वडाका वडा अध्यक्ष हरु , बिभिन्न पार्टीका प्रमुख तथा प्रतिनिधिहरु , पत्रकार , सुरक्षा निकायका प्रमुखहरु लगायतको आतित्यता रहेको थियो ।

वडा नम्बर २ का वडा अध्यक्ष धन बहादुर खत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको संचालन नेकपा बाफिकोट गाउपालिका सचिब बेगम देबकोटाले गर्नुभयको थियो ।जनबादी मेलामा महिला पुरुस भलिबल , पुरुस ब्याटमिन्ट आयोजना गरीयको छ | पुरुस तर्फको भलिबलमा १८ समुहको सहभागिता रहेको छ भने महिला तर्फको भलिबलमा १५ समुहको सहभागिता रहेको आयोजकले बताएको छ  । ब्याटमिन्टमा भने १६ समुहको सहभागिता रहेको बताएको छ | पुरुस भलिबलमा प्रथम हुनेलाई ७५ हजार नगत मेडल , कप र प्रमाण पत्र प्राप्त गर्ने छन । भने दिर्तीय हुनेले नगत ५० हजार कप , मेडल र प्रमाण पत्र पाप्त र तिर्तीय हुनेले नगत २५ हजार , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आईतवार ११:५२