छत्रेश्वरीका शिक्षकलाई प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सम्वन्धि एकिकृत पाठ्यक्रममा आधारित १० दिने तालिम

करेश्मा गिरी / सल्यान ।

प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सम्वन्धि एकिकृत पाठ्यक्रममा आधारित १० दिने शिक्षक पेशागत विकास तालिम आइतबार सल्यानको छत्रेश्वरी गाउपालिकामा सम्पन्न भएको छ । मानव संसाधन विकास केन्द्र सुर्खेतको आयोजना र छत्रेश्वरी गाउपालिकाको समन्वयमा तालिम भएको थियो ।

पहिलो चरण र दोस्रो चरण गरी छत्रेश्वरीका ३८ सामुदायिक विद्यालयका ३९ शिक्षकहरुलाई तालिम दिइएको थियो । समापन कार्यक्रममा बोल्दै वक्ताहरुले शिक्षकले प्राप्त गरेको तालिमलाई कक्षाकोठामा कार्यान्वयनमा ल्याउनका लागी शिक्षक लागिपर्नुपर्ने बताएका थिए । वक्ताहरुले तालिमबाट सिकेका कुराले विद्यार्थिको सिकाइ उपलव्धीमा सुधार हुनु नै तालिमको बास्तविक उपलव्धी हुने बताएका थिए ।

मानव संसाधन विकास केन्द्र सुर्खेतका सुर्वण खड्काको अध्यक्षतामा भएको समापन कार्यक्रममा छत्रेश्वरी गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहाल, त्रिवेणी गाउँपालिकाका शिक्षा अधिकृत गणेश आचार्य, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दोस्रोका जिल्ला संयोजक पुरुषोत्तम गिरी, रोम टु रिडका जिल्ला अधिकृत वावुराम पोखरेल लगायतले बोल्नुभएको थियो ।

१० दिन सम्म चलेको तालिमको सहजिकरण छत्रेश्वरी गाउँपालिकाका शिक्षा अधिकृत केशर बहादुर वली, त्रिवेणी गाउँपालिकाका शिक्षा अधिकृत गणेश आचार्य, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम दोस्रोका जिल्ला संयोजक पुरुषोत्तम गिरी, रोम टु रिडका जिल्ला अधिकृत वावुराम पोखरेल छत्रेश्वरी गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम प्रकाश दाहाल र त्रिजमावि भोटेचौरका प्रधानाध्यापक जित बहादुर भण्डारीले गर्नुभएको थियो ।सरकारले कक्षा १ मा यसै वर्षदेखि एकिकृत पाठ्यक्रम लागु गरेको छ भने अर्को शैक्षिक सत्रदेखि लागु गर्नेगरी कक्षा २ र ३ मा एकिकृत पाठ्यक्रम अहिले परिक्षण गरिरहेको छ ।

प्रकाशित मिति: २ फाल्गुन २०७७, आईतवार २०:०६