कभर खबर

  • २४ फाल्गुन २०७७, सोमबार १६:५४

सल्यानकाे पश्चिम बनगाडमा पनि मनाइयाे अन्तरास्ट्रिय नारी दिवस

इन्द्र बुढाथोकी / सल्यान ।

सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिकामा आज १११ औं अन्तरास्ट्रिय महिला दिवस मनाएको छ । नगरपालिकाको आयोजना र सुआहारको सहकार्यमा महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ घरेलु हिंसा अन्त्य गरौं । महिला हिंसा अन्त्य गरौं कुरा हैन काम गरौं ।

निर्णायक तहमा महिलाको सहभागिता आजको विकासको अपरिहार्यता लगाएतका कार्ड सहित देवस्थल, गैरीबजार,माथिल्लो बजार, पेट्रोल पम्प सल्लीबजार बजारमा परिक्रमा गरेर महिला विकास शाखामा गएर कोणसभा गरिएको थियो । कोणसभा बोल्ने बक्ताहरुले महिलाहरूको हक अधिकार सविधानमा समेटिएको तर व्यबहारमा लागू नभएको र त्यसको लागि सबैले आआफ्नो ठाउमा लाग्नु पर्ने बताएका छन । अहिले पुरुष हिंसा हुनु भन्दा पनि महिलाहरु बाट नै हिंसा हुने गरेको समेत बताएका छन । महिलाहरूले पुरुषको बराबर काम गरे पनि पुरुषले महिलाको बराबर काम गर्न नसकेको समेत बताएका छन ।

महिलाहरू आफैले कुरा गर्ने काम गर्न नसकेको र आजको दिन ठुलो लडाइँ बाट मुक्ति पाएको दिन सफल पाएको दिन त्यही दिनलाई दिवसको दिनको रुपमा मानिएको समेत बताए महिला र पुरुषको लागि सम्मान कामको सम्मान ज्याला हुने पर्नेमा अझै विभेद कायम रहेको समेत सहभागीले बताएका छन । महिलाहरू जुनसुकै पदमा भए पनि महिलामा विभेद हुन नछाड्ने समेत र त्यसको लागि सबै आआफ्नो ठाउमा लाग्नु पर्ने समेत बताएको छ । कार्यक्रममा देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकी, सुआहार प्रतिनिधि सुकलाल परियार, रिणि सस्था बाके प्रतिनिधि सृष्टि शाह, सामी परियोजना सुनिता पुन, विपना बुढाथोकी लगाएतले मन्तव्य राख्नु भएको थियो ।

बनगाड कुपिण्डे नगरपालिका नगर उप प्रमुख मन्जु यरिको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महिला शाखा प्रमुख निरु शाहिले गर्नु भएको थियो ।

प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १६:५४