
सल्यान- सल्यानको कालिमाटी गाउँपालिकाले ज्येष्ठ नागरिकहरुलाई लक्षित गरी सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ८३ जनाले सेवा प्राप्त गरेका छन् । शिविरमा २९ जना मोतियाविन्दु, ९ जना आँखामा मासु पलाएको, एक जना जल विन्दु, एक जना रतन्धो भएका र बाँकी आँखाका अन्य समस्या भएका विरामी फेला परेको गाउँपालिकाका स्वास्थय संयोजक गोरख थापाले जानकारि दिए । सल्यान आँखा उपचार केन्द्र सितलपाटीको चिकित्सकहरुको टोलिले शिविरमा आँखा जाँच गरेको थियो ।
आँखामा कस्ताकस्ता समस्याहरु आउन सक्छन् भन्ने कुराको जानकारी हुन आवश्यक रहेको जनाउदै नेत्र सहायक नविना चौधरीले समयमा नै आँखाको उपचार गर्न सकेमा आँखालाई स्वस्थ राख्न सकिने बताइन् ।
शिविरमा चेकजाँच गराउँदा ६ जनाको आँखाको सल्यक्रिया गर्नुपर्ने अवस्था रहेको गाउँपालिकाले जनाएको छ । उनीहरुलाई नजिकको आँखा अस्पताल वा सल्यक्रिया सम्बन्धी शिविरसंग समन्वय गरेर उपचारको लागि पहल गरिने गाउँपालिका उपाध्यक्ष सनशिलता ओली डिसीले जानकारि दिइन् । दुर्गम क्षेत्रका जेष्ठ नागरिक लगाएत अन्य आँखाका समस्या भएका नागरिकलाई घरदैलोमै आँखा उपचारको सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको उउनले जनाइन् ।
प्रकाशित मिति: २४ फाल्गुन २०७७, सोमबार १९:१८