बाफिकोटमा अपांग परिचय पत्र वितरण तथा घुम्ती शिबिर सम्पन्न

प्रचण्ड खत्री
रुकुम पश्चिम २९, फागुन
रुकुम पश्चिमको बाफिकोट गाउपालिकामा अपाङ्ग व्यक्तिको लागि शिबिर सम्पन्न भएको छ ्र स्थानीय तह नहुदा महिला तथा बालबालिका कार्यालय धाउने बाध्यता थियो स्थानीय तह बनेदेखि स्थानीय तह बाट नै परिचय पत्र वितरण सुरु गरिएको छ । बाफिकोट गाउपालिकामा दोस्रो पटक जिल्ला स्वास्थ्य कार्यालयबाट विज्ञ डाक्टर सहितको टोली ल्यायर शिबिर सम्पन्न भएको बाफिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बहादुर खड्काले जानकारि दिए ।
दोस्रो पटकको शिविरमा ३८ जनाले सेवा लिएका छन ्र महिला १४ पुरुस २४ जनाले परिचय पत्र प्राप्त गरेको महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा बिकले जानकारी दिइन । जसमा क वर्ग अन्तर्गत ९ जना, ख वर्गका ९ जना ग वर्गाका ९ जना र घ वर्गका ११ जनाले अपाङ्ग परिचय पत्र प्राप्त गरेका छन् । स्वास्थ्य कार्यालय रुकुम पश्चिमका डाक्टर मिलन कोईराला , डाक्टर छबिलाल नेपाली ,डाक्टर बिक्रम मान्नधर , डाक्टर परिछित ओली गरि ४ जना डाक्टरको बिशेष परिक्षणका साथ अपाङ्ग परिचय पत्र तथा घुम्ती शिबिर सम्पन्न भएको हो ।
बाफिकोट गाउपालिकाको आर्थिक सहयोग र महिला तथा बालबालिका शाखाको आयोजनामा सिबिर सम्पन्न भएको बताएको छ । १ देखि १० वडाका अपांग व्यक्ति तथा कुरुवाको सहभागिता रहेको थियो । बाफिकोट गाउपालिका उपाध्यक्ष मनकला पुनको अध्यक्षतामा भएको शिबिरमा बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसी , महिला तथा बालबालिका शाखा प्रमुख पुस्पा बिक सबै वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञान बाहादुर खड्काले गरेका छन । बाफिकोट गाउपालिका अध्यक्ष धर्म बहादुर केसीले ब्यानर पढेर शिबिरको उत्घाटन गरेका हुन ।

प्रकाशित मिति: २९ फाल्गुन २०७७, शनिबार १८:०८