सल्यानमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै,औषधी उपकरण र स्वास्थ्यकर्मीको अभाव

सल्यान ।
केही दिनअघि सल्यानमा दुइजना कोरोना संक्रमितहरुको मृत्युभयो । बैशाख पहिलोसाता देखी जिल्लामा फैलिएको कोरोना संक्रमतिहरको संख्या दिननानुदिन बढ्दै गएको छ । तर आवश्यक जनशक्ती र औषधी उपकरणको अभावमा उपचारमा समस्या भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

अस्पतालका अनुसार स्वास प्रसावसमा समस्या भएका बिरामीलाइ अस्पतालमा राखिएको छ । हिजो सम्म अस्पतालमा अक्सीजन सिलिण्डर समेत थिएन्, अस्पतालका कोभिड व्यवस्थापन फोकल पर्सन रिखाराम पुनले भन्नुभयो आज मात्रै १० वटा सिलिण्डरमा अक्सीजन भरिएको छ, तर यो अक्सीजन पनि धेरै दिन सम्म रहँदैन् ।

उहाँका अनुसार अस्पतालमा कोभिड संक्रमित मध्ये,स्वास प्रस्वासको समस्या रहेकाहरुका लागी समस्या हुने छ । अस्पतालमा सिमित स्रोत साधन भएकाले भोलीका दिनमा काम गर्न समस्या हुने उहाँको भनाइ छ । बुधवार मात्रै सल्यानमा २७ जना नयाँ संक्रमित थपिएका छन् । यस संगै हालसम्म जिल्लामा काेराेना  संक्रमितको संख्या १ सय ५९ पुगेको छ ।

स्वास्थ्यकर्मीको अभावमा संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि काम गर्न समस्या भइ रहेको सल्यान अस्पतालका डाक्टर भिमकान्त जैशीको भनाइ छ । उहाँले भन्नुभयो, हामीलाइ अहिले सम्म त ठिकै छ तर संक्रमितको संख्या उच्च दरले बढी रहेकाले कर्मचारी अभावमा काम गर्न समस्या हुने देखिन्छ । उहाँका अनुसार अस्पतालमा आवश्यक औषधी उपकरणको समेत समस्या रहेकोले प्रभावकारी ढंगले काम गर्न समस्या छ ।

अस्पतालमा आवश्यक जनशक्ती र औषधी उपकरणको अभाव भएपछि अधिकाँश कोरोना संक्रमितहरुलाइ स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्दै घर पठाउने गरिएको छ । सिमित बेड र सिमित कर्मचारी हुँदा अक्सीजनको कमी भएका लाइ मात्रै अस्पतालमा राख्न सकिने स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख दशरथ श्रेष्ठले बताउनुभयो ।

उहाँले अति सिकिस्त संक्रमितहरुलाइ अन्य जिल्लामा पठाउनु पर्ने बाध्यता रहेको जानकारी दिनुभयो ।संक्रमणले यति भयावह रुप लिंदा सम्म पनि कहींकतैबाट अस्पताललाइ सहयोग नआएको उहाँले गुनासो गर्नुभयो ।उहाँले भयावह रुपले बढी रहेको संक्रमण दर कम गर्न सबै सचेत रहन,स्वास्थ्य मापदण्ड अपनाउन समेत सबैलाइ आग्रह गर्नु भएको छ । जिल्लामा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन वृद्धि हुँदै गर्दा तिनै तहका सरकारले आवश्यक भुमिका खेल्नु पर्ने देखिन्छ ।

  • 48
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close