वाइसिएल बनगाड कुपिण्डे नगरपालिकाको प्रथम बिस्तारीत बैठक सम्पन्न

इन्द्र बुढाथोकी ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग बनगाड कुपिण्डे नगरपालिकाको प्रथम बिस्तारीत बैठक सम्पन्न भएको छ ।

बिस्तारीत बैठकले शकर यरिको अध्यक्षतामा ५५ सदस्य नगर सम्मेलन आयोजक समिति गठन गरेको छ । दोश्रो नगर सम्मेलन असोज गर्ने समेत निर्णय गरेको छ ।

बिस्तारीत बैठकमा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष कर्ण बहादुर बुढाथोकी छहारीले युवा भनेको देशको खम्बा भएको र देशको नेतृत्व युवाहरुले गर्नु अहिले विभिन्न देशमा युवाले नेतृत्व गरेको समेत बताउनु भएको छ ।

युवाहरू अहिले समयमा आफ्नो समयको महत्त्वलाई बुझेर अगाडि बढ्नु पर्ने समेत बताउनु भएको छ । युवा भनेको काचो माटो भएको र अहिले जुन बन्ने इच्छा हुन्छ त्यही बन्नु पर्ने उहाले वताउनु भएको छ ।

यो देशको युवा नै मुख्य हात रहेको बताउनु भएको छ् । विभिन्न कालखण्डमा युवाहरूले परिवर्तनको सम्बाहक भएकोले विभिन्न घटना क्रममाको नेतृत्व गरेको गरेको समेत उहाले बताउनु भएको छ ।

युवाहरु भनेको उदाउँदो सुर्य भएको समेत उहाले बताउनु भएको छ । माओवादी केन्द्रको जनयुद्ध र युवाहरूको जनसहभागिताले सामावेशी गाउगाउ सिहदरबार आएको अझै गर्न बाकी रहेको त्यसको लागि माओवादीले जित्नु पर्ने जनताले चाहेको कुरा पूरा हुने उहाको भनाइ रहेको छ ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य नगर अध्यक्ष किर्ती बहादुर राना, जिल्ला सदस्य धन बहादुर पुन लगाएतले मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति: १३ भाद्र २०७८, आईतवार १८:३५