पेस्तोल र दुइ राउण्ड गोली सहित सल्यानमा एक जना पक्राउ

सल्यानमा पेस्तोल र २ राउण्ड गोली सहित एक जना पक्राउ परेका छन् । भारतीय नम्बर प्लेटको बाइकमा प्रहरी चेक पोईन्टमा नरोकि भागेका युवक कटुवा पेस्तोल र २ राउण्ड गोली सहित पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । भारतीय सीएच ०१ बिपी २१९४ नम्बरको मोटसाइकलमा सवार जाजरकोट नलगाड नगरपालिका ४ का २८ वर्षिय गणेश रावल वनगाड कुपिण्डे नगरपालिकाको सल्लीवजार स्थित प्रहरी चेक पोईन्टमा नरोकि भागेका थिए ।

शंकास्पद रूपमा उनी भागेपछि ईलाका प्रहरी कार्यालय देवस्थल सल्यानबाट मोटरसाईकलमा खटिएको प्रहरी टोलीले माथिल्लो सल्लीबजारबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता अर्जुन पाैडेलले जानकारी दिनुभयाे । रावल बुधबार विहान नेपालगन्ज बाट जाजरकोट तर्फ जाँदै गरेका थिए । पक्राउ परेका उनी माथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०७८, बुधबार १८:५७