
समुदायमा आधारित सामुदायिक संस्था र सामुदायिक समुहका सदस्यहरुका लागी प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी दुइ दिने तालीम त्रिवेणी गाउँपालिकाको लुहाममा सम्पन्न भएको छ ।गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगीको अध्यक्षतामा शुक्रवार शुरु भएको तालीममा गाउँपालिका महिला समुह,आमा समुह,युवा क्लबका सदस्य तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्दघाटन गर्दै गाउँपालिका अध्यक्ष डाँगीले कुनैपनि क्लब र समुहहरुले कुनै काम गर्दा प्रकृया पुर्याएर लिखित रुपमा योजना माग गर्दा छिटो सम्बोधन हुने बताउनुभयो ।दलित विकास समाज सल्यानको सहकार्यमा सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तरगत पालिका स्तरीय समुह तथा संस्थाका सदस्यहरुका लागी प्रस्तावना तथा प्रतिवेदन लेखन सम्बन्धी तालीम संचालन गरिएको थियो ।
तालीम पश्चात सामुदायिक संस्था तथा समुहका सदस्यहरुले कार्ययोजना समेत निर्माण गरेका छन् । पालिकाबाट प्रवाह हुने सेवा सुविधाको विषयमा जानकारी राख्दै यस आर्थिक वर्षमा संस्था र समुहले गर्ने कृयाकलापका बारेमा कार्ययोजना बनाएका हुन् ।
कार्यक्रममा सहभागीहरुले यस तालीमले संस्था र समुहहरुलाइ कृयाशील बनाउन केही न केही काम गर्नु पर्ने रहेछ भन्ने कुराको ज्ञान भएको साथै मौखिक भन्दा लिखीत रुपमा योजना माग गर्दा सुनवाइ हुने बताए ।३० जना सहभागी रहेको तालीमको सहजीकरण ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नु भएको थियो ।


प्रकाशित मिति: १० आश्विन २०७८, आईतवार ११:१०