शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा अन्तरक्रिया सम्पन्न

इन्सेकद्धारा सञ्चालित इएलपि परियोजना अन्तरगत स्थानिय तहका जनप्रतिनिधि तथा सम्वन्धित सरोकारवालाहरु बिच शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालमा शारदा नगरपािलकामा असाेज १९ गते अन्तरक्रिया कार्यक्रम सम्मपन्न भएकाे छ ।

कार्यक्रममा बाेल्दै सहभागीहरूले सबै नागरिकहरुको शिक्षा, स्वास्थ्य, खाद्य र आवास क्षेत्रमा अधिकारबाट बञ्चित हुनु गरिवीसँग जोडिएको बताएका छन् ।

गरिवीका कारण आर्थिक अवस्था कमजोर हुने र यसैको कारण नागरिकहरु शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारबाट बञ्चित हुनु परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गाेविन्द थापाले बताउनुभयाे । उहाँले गरिबिले अपराध र हिंसाजन्य घटना समेत बढ्ने गरेकाे बताउनुभयाे ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले संविधानले ग्यारेन्टी गरेको अधिकारबाट नागरिकहरु बञ्चित हुन नहुने बताउनुभयो । उहाँले संविधानले दिएको नागरिककाे अधिकार प्राप्तीका लागि सबै क्षेत्रले काम गर्नुपर्ने बताउनुभयो ।

यस्तै स्वास्थ्य सेवा कार्यालय सल्यानमा निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले सल्यान जिल्ला अस्पतालमा देखिएका स्वास्थ्य सम्वन्धिका समस्या समाधानको लागि पहल गरिने बताउनुभयो । हाल अस्पतालमा स्वास्थ्यकर्मीकाे कमीका कारण सेवा प्रवाहमा समस्या देखिएकाे र यस समस्या समाधानका लागी अापुफ लागी परेकाे बताउनुभयाे ।

कार्यक्रममा बोल्दै प्रमुअ अतिथि शारदा नगरपालिकाका उपप्रमुख साबित्रा बस्नेतले शिक्षा, स्वास्थ्य, खाद्य र आवासलाई प्राथामिकता दिएर नगरपालिकाले काम गरिरहेको बताउनुभयाे । इन्सेकले मानवअधिकार संगै अन्य माैलिक हकका विषयमा पनि पटक पटक अावाज उठाइ रहंदा पालिकालाइ समेत थप जवाफदेही बनाएकाे बताउनुभयाे । उहाँले शिक्षा,स्वास्थ्य,खाद्य र अावासका विषयमा उठेका सवालका विषयका कार्यपालिकाकाे बैठकमा लगेर समाधानका लागी पहल गर्ने बताउनुभयाे ।

मानव अधिकार निगरानी समुहका अध्यक्ष मुना हमालको अध्यक्षता भएको कार्यक्रममा इएलपि परियोजनाका जिल्ला कार्यक्रम सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमको बारेमा जानकारी दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण इन्सेकका जिल्ला प्रतिनिधि मिना बुढाथोकीले गर्नुभएको थियो ।

प्रकाशित मिति: २० आश्विन २०७८, बुधबार ०७:५१