अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा सेतो रिबन वितरण

सभ्य समाजको पहिचान,लैंङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुल नाराका साथ आज सल्यान लगायत देशभर आज अन्तराष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइएको छ ।


शारदा नगरपालिकाको आयोजना,दलित विकास समाज सल्यान,बाल विवाह विरुद्धको साझा अभियान,मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपाल,जिल्ला प्रहरी कार्यालय सल्यानको सहकार्यमा दिवसको अवसरमा सेतो रिबन वितरण गरिएको छ ।


म हिंसा गदिंन्, म हिंसा सहन्न र म हिंसा हुन दिने छैन भन्ने प्रतीक स्वरुप सेतो रिबन वितरण गरिएको हो ।
सो अवसरमा शारदा नगरपालिकाका प्रमुख मेयर प्रकाश भण्डारीले लैंङ्गिक हिंसा विरुद्धको यस अभियानमा नगरपालिका सधै प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।


कार्यक्रमकाे अध्यक्षता समेत ग्रहण गर्नु भएका मेयर प्रकाश भण्डारीले कुनै पनि कारणले कुनैपनि व्यक्तीले कसैलाइ लिंङ्गकै आधारमा विभेद गर्नु हुंदैन उहाँले भन्नुभयो,यसका विरुद्धमा र पीडितका पक्षमा शारदा नगरपालिका सधैं उभिने छ । हिजोको समाजमा हुने गलत कुराहरुलाइ पन्छ्याउदै अहिले सभ्य समाज निर्माण गर्न सबैको उत्तिकै भुमीका हुने भएकाले यस्ता कुरिती र कुसस्ंकारका विरुद्ध सबै जागरुक हनुपर्नेमा उहाँको जोड थियो ।


आजकै दिन प्रत्येक नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन समेत शुरु हुने गरेको छ ।दिवसको अवसरमा वडा तथा समुदायस्तरमा सचेतना मुलक अभियान तथा कार्यक्रमरु संचालन हुने भएका छन् ।

प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार १२:१०