एक अनाैठा जापानी अरवपतिः चन्द्रमा घुम्नका लागी गर्ल फ्रेण्ड खाेज्दै

विश्वकमा कतिपय मानिसहरूका चाहनाहरू अचम्मका हुन्छन् । उनिहरू आफ्ना चाहना पुरा गर्नका लागी अरवाैँ रूपैँया पनि खर्च गर्न तयार हुन्छन् । यस्तै मध्ये एक जापानीज अरवपतिले अचम्मकाे चाहना राख्दै अहिले विश्वकाे ध्यान आफुतिर तानेका छन् ।

चन्द्रमा भ्रमणमा निश्कन लागेका जापानका एक अरबपतिले ‘गर्ल फ्रेण्ड’ खोजिरहेको  बताएपछि उनकाे याे समाचारले विश्वमा धेरैकाे ध्यान तानेकाे छ । युसाकु मैजावा नाम गरेको ती जापानिज अबरपतिले आफुसँगै चन्द्रमा भ्रमणमा जाने लाइफ पार्टनरको खोजीमा रहेको बताएका छन् ।

Yusaku Maezawa (MZ) 前澤友作
@yousuck2020
[WANTED!!!] Why not be the ‘first woman’ to travel to the moon? #MZ_looking_for_love mz.abema.tv/en.html
Image
2:01 PM · Jan 12, 2020Twitter for iPhone

 

अमेरिकी अरबपति एलन मस्कको ‘स्पेस एक्स’ अन्तर्गतको अन्तरिक्ष योजनाअनुसार सन् २०२३ मा उनी चन्द्रमा भ्रमणमा जाने भएका छन् । यो योजनाअन्तर्गत उनी अन्तरिक्ष रकेटमा बसेर चन्द्रमाको भ्रमण गर्ने गर्ने पहिलो व्यक्ति हुनेछन् ।

उनले आफ्नो व्यक्तिगत अनलाइनमा आफुले एक विशेष महिलासँग अनुभव सेयर गर्न चाहेको बताएका छन् । यसै अनुरुप उनले आफुसँगै चन्द्रमा भ्रमणमा सँगै जाने जीवन साथीको खोजीमा रहेको बताएसँगै यति बेला उनी अन्तराष्ट्रिय मिडियामा छाइरहेका छन् ।

हालै २७ वर्षीया अभिनेतृ अय्याम गोरिकीसँग सम्बन्ध विच्छेद गरेका ४४ वर्षीय मैजावाले इच्छुक महिलाले आफ्नो वेबसाइटमा गएर ‘प्लान्ड म्याच मेकिङ्ग इभेन्ट’ मा निवेदन दिन आग्रह गरेका छन् ।

उक्त म्यासेजमा उनले लेखेका छन्, ‘एक्लोपन र शुन्यताका भावनाहरु माथि बढ्न थाले, त्यसैले मैले एउटा महिलालाई प्रेम गर्न चाहेको छु । म जीवनसाथी खोज्न चाहन्छु । भविष्यको जीवन साथीसँग पृथ्वीबाहिरबाट माया र शान्तिको आवाज चिच्याउन चाहन्छु ।’

यस्तै उनले आफ्नो ट्वीटरमा ‘किन चन्द्रमा भ्रमण गर्ने पहिलो महिला नहुने ? भन्दै ट्विट गरेका छन् ।

उनले आफ्नो वेबसाइटमा आवेदनका लागि केही शर्तसमेत राखेका छन् । आवेदन प्रक्रियाका उनले तीन महिना छुट्याएका छन् । र गर्लफ्रण्डको क्यालिटीका रुपमा ‘२० वर्षभन्दा माथिको, सकारात्मक सोच राख्ने, सिङ्गल र अन्तरिक्षप्रति चासो भएकी’ महिला हुनुपर्ने भनेर तोकेका छन् । र आवेदनका लागि अन्तिम मिति सन् २०२० जनवरी १७ रहेको छ ।

अरबपति मैजावाले यसै महिनाको १ तारिकमा पहिलो ट्वीटर सेयर गरेका थिए । आफ्नो उक्त पोष्टलाई रिट्वीट, लाइक र आफुलाई फ्लो गरेकामध्ये १ हजार जनालाई छानेर ९ लाख २५ हजार अमेरिकी डलर पैंसा दिने घोषणा गरेका थिए । उनले यो एक समाजिक परिक्षण रहेको बताएका छन् ।

जापानको जोजो अनलाइन व्यापारी मैजुवाको कूल सम्पत्ति ३ अर्ब अमेरिकी डलर बराबर छ । उनले आफ्नै कमाइ आर्टका लागि खर्च गर्छन् ।

मैजावाले भ्रमणका लागि कति पैसा गर्न गर्दै छन् भन्ने कुरा बताएका छैनन् । तर, मस्कले भने यो निकै महंगो योजना भएको बताउँदै आएका छन् । मैजावाले आफु एक जना जीवन साथी र ११ जना अन्य कलाकारलाई पनि चन्द्रमा भ्रमणमा लैजान चाहेको बताएका छन्

प्रकाशित मिति: २८ पुष २०७६, सोमबार १५:०२