कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार ०७:३७

दुई वर्षमा सल्यानका सबै ठाउँमा बति बलिसक्छ : पूर्व मन्त्री बस्नेत

इन्द्र बुढाथोकी – बनगाड कुपिण्डे नगरपालिका वडा न १ नाम्रमा विधुत बति उद्घाटन भएको छ । पुर्व सामान्य प्रशासन मन्त्री तथा सल्यान प्रतिनिधि सभा सदस्य टेकबहादुर बस्नेतले विधुत स्वीच अन गरेर बति उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले अबको दुई वर्षमासल्यानको सबै ठाउँमा बति बलिसक्ने र नाम्रमा आएर पहिला खाएको बाचा कसम पूरा गरेको बताउनु भयो।

आफू जनताको भावना बुझ्न विकासका बाचा पूरा गर्दै गाउगाउ जाने गरेको बताउनु भयो । आफू विगतमा व्यवस्था परिवर्तन गर्न लागेको र अहिके विकास बाड्दै हिडेको उहाँले जानकारी दिनुभयो । अझै विकासको लागि धेरै काम बाकी रहेको र आफ्नो कर्यकाल भित्र सल्यान जिल्ला भरिमा रिङ्गरोड बनाउने उहाँले बताउनुभयो ।

नगर प्रमुख गोविन्द कुमार पुनले लामो प्रतीक्षा पछि बिधुत बति पाल्न पाएको र चुनावमा गरेको प्रतिवद्धदा पूरा गरेको बताउनुभयो। अन्य विकास भएको बिधुत आएको र अब लिफ्ट बाट सिचाइको लागि पहल गर्ने नगर प्रमुख पुनले बताउनु भयो । ११ हजार केभि भोल्टेजको तार नाम्र हुँदै बामे लाग्ने र त्यसको सावधानी गर्न र त्यसबाट हुने क्षेतिको बारे जानकारी गराउनु भएको छ । यसलाई कृषिको पकेट क्षेत्रको लागि अनुशासन गरेको र नाम्रालाइ प्याजको पकेट क्षेत्र बनाउन लाग्ने प्रतिबद्धता जनाउनु भएको छ । जनताको साथ विना कुनै पनि विकास गर्न नसकिने बताउनु भएको छ ।

उप प्रमुख मन्जु यरिले बति बाल्ने मात्र ठूलो कुरा नभएर यसको सावाधानी अपनाउन आग्रह गर्नु भयो । नेकपा कर्णाली प्रदेश सदस्य किर्ती बहादुर पुन नेकपा जिल्ला सदस्य जनक घर्ती, नेकपा बनगाड कुपिण्डे नगर सचीव गन्जमान बुढा विधुत कार्यालय सल्लीबजारका प्रमुख लोकमान शाक्य लगाएको उपस्तिथि रहेको थियो । विधुत बति नाम्रमा बले सङ्गै अब उक्त टोलका ५६ घरधुरी तथा ३८० जना लाभान्वित हुने छन भने । भेरी नदिको धमिलो खानेपानी खादै आएका नाम्रा बासी ६ महिना पहिले देखि घरघरमा खानेपानीको धारा प्रयोग गर्दै आएका छन । केही समयमा अगाडि भेरी नदिमा झोलुङ्गे पुल शिलान्यास भएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार ०७:३७