कभर खबर

  • ९ फाल्गुन २०७६, शुक्रबार १६:१८

कालिमाटी गाउँपालिकाे पोषण सुधार गर्न उपाध्यक्ष बनिन् ‘पाेषण दुत’

सल्यान – जिल्लाको   लागी अभियान शुरु गरेको छ । गाउँपालिकाका जनप्रतिनिधिहरु, बिषयगत शाखाका कर्मचारीहरु लगायत सरोकारवालाहरुले सामुहिक प्रतिबद्दता जनाएका हुन् । दुइ वर्ष मुनिका बालबालिका र आमाको स्वास्थ्यमा सुधार ल्याउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरि कुपोषण हटाउने अभियान थालेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दान बहादुर खत्रीले कालिमाटी गाउँपालिकालाई पुर्ण पोषणयुक्त बनाउने लक्ष्यका साथ गाउँपालिका भित्रका प्रत्येक घरमा सुपोषित युक्त हरेक बार खाना चार खाना खाने बानी बसाल्न अभियान थालिने बताउनु भयो ।

यस अभियानलाइ सफल बनाउन सबैले आजकै दिनबाट लाग्नु पर्छ उहाँले भन्नुभयो, ‘सबैले आफैबाट शुरुवात गरेपछि असम्भव भन्ने केही छैन् । गाउँमा उत्पादन हुने पोषिला खानेकुराहरु बेचेर सोयाबीन, चाउचाउ, विस्कुट चिजबल जस्ता खाने होइन, आफैले उत्पादन गरेको मकै, भटमास, कोदो, फापर जस्ता खानेकुरा खाए पनि पोषणमा सुधार ल्याउन सकिन्छ ।’ उहाँले अर्गानिक उत्पादन बढाउने र बाहिरबाट आयात हुने सामाग्री घटाउने अभियानमा गाउँपालिका लग्नु पर्ने बताउनु भयो । साथै पोषण सुधारको लागी कुनै सहयोगी निकायको भर नपरी पालिका आपैm त्यस्ता काम गर्न सक्षम भएर लाग्नु पर्ने पनि बताउनु भयो ।

गाउँपालिका उपाध्यक्षलाई पोषण दुत घोषणा
फागुन ७ र ८ गते दुई दिनसम्म संचालन भएको एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रममा दिगोपना सुनिश्चितता कार्यशालामा गाउँपालिकाका उपाध्यक्ष सहनसिल्ता वली (डि सी) लाई पोषण दुत घोषणा गरिएको छ । आम मानिसको पोषण सुधारका लागी गर्भवती अवस्था देखि नै बिशेष ध्यान पु¥याउनु पर्ने भएकाले गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले उहाँलाई पोषण दुत घोषणा गरिएको सुआहारा कार्यक्रमका फिल्ड संयोजक तोरण बुढाथोकीले जानकारी दिनुभयो ।
गाउँपालिकाको अधिकांश भाग भौगोलीक रुपले अति बिकट भएको र उक्त क्षेत्रका आमाहरुलाई ‘सुनौला हजार दिन’ को महत्व, स्वस्थ र सुपोषित हुनको लागी गरिने असल बानी व्यबहार र नियमित स्वास्थ्य चेकजाँचको महत्व बारे शिक्षा तथा सचेतना दिन गाउँपालिका उपाध्यक्षलाई पोषण दुतको रुपमा जिम्मेवारी प्रदान गरिएको छ ।

पालिकाको पोषण दुतको रुपमा जिम्मेवारी लिदै गाउँपालिका उपाध्यक्ष तथा पोषण दुत सहनसिल्त वली (डि सी) ले हजार दिनको अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकाले गर्भ रहे देखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, नियमित आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन, बच्चाको नियमित बृद्धि अनुगमन र विभिन्न खोप लगाउने, तथा आफु र आफ्नो वच्चा सुपोषित वनाउनको लागी ग्रामीण क्षेत्रका आमाहरु तथा तिनका परिवारका सदस्यहरुलाई बुझाउँदै जाने बताउनु भयो । उहाँले गाउँघरमा अझै पनि महिलाहरुले पोषणयुक्त खान नजानेकाले स्वास्थय सम्बन्धी बिबिध समस्या आउने गरेको बताउनु भयो ।

दलित बिकास समाज सल्यानसँगको सहकार्यमा सञ्चालन भएको सुआहारा कार्यक्रमको प्राबिधिक सहायोगमा सम्पन्न भएको कार्यशाला गोष्ठिमा पालिका भित्रका विषयगत शाखा (शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, कृषि, पशु र महिला तथा वालबालिका) अन्तर्गत भएका बिभिन्न प्रगती साथै आगामी योजनाहरुको वारेमा शाखा प्रमुखहरुद्धारा प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओलीले गाउँपालिकाले पोषण सुधारको लागी आवश्य ऐन, नीति तथा कार्यविधिहरु तयार गरि सोही अनुसारका क्रियाकलापहरुको योजना गरि कार्यान्वय गरिने जानकारी गाराउनु भयो । उहाँले पोषण सुधारका लागी सुआहारा कार्यक्रमले खेलेको भुमिकाको प्रशँसा गर्दै यस कार्यशाला गोष्ठिको निश्कर्षले स्वास्थ्य र पोषणको क्षेत्रमा आगामी दिनमा आवश्यक नीति तथा कार्यक्रमहरु बनाउन सहयोग हुने बताउनु भयो ।

यस्तै सुआहारा सल्यानका कार्यक्रम संयोजक अमृत पौडेलले नेपाल सरकारको बहु क्षेत्रीय पोषण योजनाको मर्म अनुसार सुआहारा कार्यक्रम सञ्चालनमा रहेको र गाउपालिकासँग सहकार्य गर्दै पालिका भित्र बसोवास गर्ने आम नागरिहरुको पोषण सुधारमा पालिकाको सहयोगी विकास साझेदारको रुपमा काम गर्दै कार्यक्रमले समग्रमा नेपाल सरकारले लिएको लक्ष्य अनुसार स्वास्थ्य, पोषण, सरसफाई र कृषिका सुचकहरुमा सुधार गरि दिगो विकास लक्ष्य हासिल गर्नमा सहयोगी भुमिका खेलिरहेको बताउनु भयो ।

कार्यक्रममा साझेदार सस्ंथा दलित बिकास समाज (डिडिएस) सल्यानका अध्यक्ष निम बहादुर नेपालीले सुआहारा कार्यक्रमको समयाबधि सकिएपछि पनि यस गाउपालिकामा सस्ंथाद्धारा संचालन भैरहेका अन्य कार्यक्रम÷परियोजनाहरुको कार्यान्वयनको शिलशिलामा सुआहारा कार्यक्रम अन्तर्गत भएका उपलब्धिहरु, असल अभ्यासहरुलाई दिगो रुप दिनका लागि नियमित रुपमा सहयोग गरिरहने वताउनु भयो ।

कालिमाटी गाउपालिका स्वास्थ्य शाखा प्रमुख गोरख बहादुर थापाले संचालन गरेको कार्यक्रममा सहभागी सबै जनप्रतिनिधिहरु लगाएत सरोकारवालाहरुले पालिकाको स्वास्थ्य तथा पोषण सुधारका लागी बहुक्षेत्रगत रुपमा गरिने बिबिध क्रियाकलपहरु, नीतिमा सुधार गर्न सकिने आवश्यक बुदाँहरु सहितको प्रतिवद्धता पत्र पनि जारी गरिकोछ ।

प्रकाशित मिति: ९ फाल्गुन २०७६, शुक्रबार १६:१८