कभर खबर

  • २१ फाल्गुन २०७६, बुधबार १४:०४

बालबालिकाका लागि विद्यालयमा वडाअध्यक्षद्वारा अक्षकोष स्थापना

प्रचण्ड खत्री / रुकुम पश्चिम्
रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ४ मा रहेको बिरेन्द्र माध्यमिक विद्यालयमा गरिब बालबालिकाका लागि अक्षकोष स्थापना गरिएकाेे छ । विद्यालयमा छात्रवृत्तिका लागि अामाबुवा स्मृति प्रतिस्ठान छात्रवृत्ति स्थापना गरिएको हो । बाफिकोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष चन्द्र बहादुर के सिले बुवा जोखु खत्री र  स्वर्गीय आमा मंगलि खत्रीको सम्झनामा कोष स्थापना गर्नुभएको हो ।

वडा अध्यक्ष के सिले राज्यबाट पाउने २ लाख रुपैयाँबाट अक्षकोष सुरु गर्नुभएको थियो । अभियानमा हालसम्म ८५ जना जोडिएको अध्यक्ष कोष ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका के सिले बताउनुभयो । देश बिदेशमा रहेका विभिन्न ब्यक्तिबाट अक्षकोषका लागि २३ लाख ५७ हजार ५ सय ६५ रुपैयाँ प्राप्त भएको अध्यक्ष के सिले जानकारी दिनुभएको छ ।

अक्षकोषमा अमेरिका , दक्षिण कोरिया , मलेसिया र जापानबाट उहाँलाइ सहयोग प्राप्त भएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०७६, बुधबार १४:०४