स्वास्थ्य राज्यमन्त्री रावतद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

इन्द्र बुढाथोकी

सल्यान २९ चैत्र । स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतले आज सनिवार बनगाड कुपिण्डे नगरपालिकामा कोरोना भाइरस सम्बन्धि सामाग्री हस्तान्तरण गर्नु भएको छ ।

स्वास्थ्य राज्य मन्त्री रावतले बनगाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकिमा आज पिपिइ ४ सेट, सर्जिकल मास्क २५० थान, सनिटाइजर ५ एमएलका ५ वटा र २ सय एमएलका १ वटा सामग्री दिनु भएको छ । सामाग्री हस्तान्तरण गर्दै राज्य मन्त्री रावतले अब छिटै एम 90 मास्क र गण पठाइने जानकारी दिएका छन ।

नगर प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरपालिका अब छिटै स्वास्थ्य सामग्रीरूपमा आवश्यक पर्ने सामाग्रीहरु छिटै व्यवस्था गरिदिन अनुरोध गर्नु भएको छ । साथै राज्य मन्त्री रावतले नगरपालिकाले बनाएको २० शौयाको क्वारेन्टाइनपनि अनुगमन गर्नु भएको छ । नगर प्रमुख पुनले अब छिटै ४० शौयाको क्वारेन्टाइन बनाइने पनि बताउनु भएको छ ।

साथै आज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानले पनि क्वारेन्टाइनमा आवश्यक पर्ने कम्मल २५ थान, बाल्टिन ४ थान, त्रीपाल २ थान, मग ४ थान र साबुन १० वटा कर्णाली प्रदेश सदस्य गणेश विसिले नगरपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।

प्रकाशित मिति: २९ चैत्र २०७६, शनिबार १४:५७