कर्णालीकाे शिक्षाबारे सामाजिक विकास मन्त्रिसँग सरोकारवाला र सञ्चारकर्मीबीचकाे ‘भर्चुअल प्रेस मिट’

सल्यान – कर्णालीकाे शिक्षाका बारेमा प्रदेश सरकारका सामाजिक विकास मन्त्रि दल रावलसँग शिक्षा क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीहरूले ‘भर्चुअल प्रेस मिट’ गरेका छन् ।
मंगलबार दिउँसाे २ दर्जन बढि सराेकारवालाहरूसँगकाे अन्तर्क्रियामा मन्त्री रावलले अहिलेकाे वेला कर्णालीकाे शिक्षाबारे प्रदेश सरकार गम्भिर भएकाे बताउनुभयाे । उहाँले काेभिड १९ का कारण शिक्षा क्षेत्रमा थप असर पर्न नदिन अनलाइन पढाइगर्ने र त्याे सम्भव नभएकाे ठाउँमा प्रिन्ट सामाग्रि पठाउने बताउनुभयाे । अवकाे २ हप्ता सम्म कर्णालीमा काेराेनाकाे अवस्था अहिलेकै अवस्थामा रहे जेठकाे अन्तिम तिर राेकिएका परीक्षा गर्न सकिने बताउनुभयाे । रावलले स्थानिय तह र संघिय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले ठाेस याेजना बनाउने उहाँले बताउनुभयाे ।

शिक्षा पत्रकार समूहले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा रहेका बेला शिक्षाका समसामयिक विषयमा सरोकारवाला र सञ्चारकर्मीबीचकाे ‘भर्चुअल प्रेस मिट’ गरेकाे हाे ।
अन्तरक्रियामा ‘कोरोना प्रभाव र शिक्षा क्षेत्रमा कर्णाली प्रदेश सरकारको तयारी’बारे छलफल गरिएको थियाे ।

मन्त्री रावलले कक्षा १ देखि ९ सम्मका परीक्षा लिइसकिएकाले नतिजा प्रकाशनका लागि तयारी भइरहेको बताउनुभयाे ।

स्थगित रहेको एसईई र कक्षा ११ र १२ का परीक्षा संचालनका लागि होमसेन्टर तोक्ने र  थोरै परीक्षार्थी राख्ने वा विज्ञान, अंग्रेजी, गणित जस्ता महत्वपूर्ण विषयको मात्रै परीक्षा  लिनेबारे संघीय सरकारसँग छलफल चलिरहेको पनि मन्त्री रावलको भनाइ थियो।
अन्तर्क्रियाकाे सहजिकरण शिक्षा पत्रकार समुहका अध्यक्ष तुला अधिकारीले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: १६ बैशाख २०७७, मंगलवार १९:४७