पाठ्यपुस्तक पसल खोल्न दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हाेे ।

सरकारले कोरोना भाइरस कोभिड-१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ ।

थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो ।

सरकारले यसै शैक्षिक सत्रदेखि कक्षा १ मा एकीकत पाठ्यक्रम लागू गर्दैछ ।

साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार ०६:३९