लकडाउनमा पनि सल्यान अस्पतालमा विरामिकाे चाप उस्तै : सल्यान अस्पतालमै हुन्छ हड्डि भाँचिएकाे सल्यक्रिया

सल्यान – वागचौर-२ कि १२ बर्ष कि रस्मिला पुरीको काफलको रुखबाट खसेर दाहिने कुहिनामा चोट लाग्यो ।

उनलाई उपचारकाे लागी जिल्ला अस्पताल सल्यान ल्याइयो । एक्सरे गरेर हेर्दा कुहिना माथिको हड्डि नराम्ररी भाचिएको थियो, जसलाइ शल्यक्रिया गर्न पर्ने थियो नत्र अपाङ हुने अवस्था हुने थियो ।

अस्पतालमा डाक्टर प्रदिप शर्माको नेतृत्वमा शल्यक्रिया गरियो र तिनवटा पिन हालेर हड्डी ठाउँमा ल्याइयो । डाक्टर शर्माले भन्नुभयाे यो लकडाउनमा नेपालगन्ज जानु परेको भए बिरामीको १ लाख सम्म खर्च हुन सक्थ्यो । यहाँ जिल्ला अस्पतालमा ५ हजारमै यो शल्यक्रिया भयो उहाँले भन्नुुुुुुभयाे  यस्ता हड्डी टुटेको शल्यक्रिया नियमित भइरहेको छ, लकडाउन पछि ५ वटा केसको शल्यक्रिया भैसकेको छ ।

निक साइमन्स ईन्स्टिच्यु को सहयोग र अस्पतालको टिमवर्क राम्रो भएकोले यस्ता शल्यक्रिया भैराखेकाेे अस्पताल श्राेतले बताएकाे छ ।

लकडाउन भएपनि जिल्ला अस्पतालमा बिरामीहरुको भिडभाड उस्तै छ, गर्भवती महिला प्रसुती सेवा लिन आउँछन् डाक्टर शर्माले भन्नुभयाे दमका लगायत अनेक किसिमका बिरामीहरु छन्   ।

जिल्ला अस्पतालले रुकुम जिल्लामा अहिले शल्यक्रिया सेवा नभएकोले त्यहाँबाट गर्भवती महिला र अन्य बिरामीहरु पनि सेवा लिन सल्यान जिल्ला अस्पताल आउने गरेेेेेेेेेेेेका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार १९:३१