पुर्वाधार विकास कार्यालय प्रमुख पुनद्धारा १५० थान N95 मास्क सहयोग

इन्द्र बुढाथोकी

सल्यान १७ जेष्ठ ।पश्चि म सल्यान बनगाड कुपिण्डे नगरपालिकालाई N95 मास्क १ सय ५० थान सहयोग हस्तान्तरण गरिएको छ । पुर्वाधार बिकास कार्यलय सल्यानकाे प्रमुखकाे तथा बनगाड कुपिण्डे नगरपालिका ६ भलाखर्क निबासि विनोद पुनले N95 मास्क १ सय ५० थान सहयोग गर्नु भएको हाे ।

नगरपालिकाको कार्यालयमा पुगेर नगर प्रमुख गोविन्द कुमार पुनलाइ मास्क हस्तान्तरण गर्नु भएको हो । बिश्व महामारी रुपमा फैलिएको कोरोना भाइरसलाई नियन्त्रण गर्न आवश्यक पर्ने मास्क दिएको प्रमुख पुनले बताउनुभयाे ।

भारतमा रोजगारीको लागि बनगाड कुपिण्डे नगरपालिकामा बासिहरु घर फर्किने क्रम बढदै गएकोले त्यसलाइ अवश्यक पर्ने स्वास्थ्यकर्मीहरु, कर्मचारी, जनप्रतिनिधि, लगाएत कोरोनामा खटिनेलाई प्रयोगको लागि मास्क सहयोग गरिएको कार्यालय प्रमुख पुनले बताउनु भएको छ ।

सहयोग गरेको नगर प्रमुख पुनले धन्यवाद दिनु भएको छ भने सहयोग गर्न सबैमा अपिल समेत गर्नु भएको छ । नगरपालिकामा १ हजार बढी नागरिक भित्री सकेका छन भने आउने क्रम बढिरहेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार २०:४४