भारतका नेपालीलाई लिएर नेपालगन्जबाट सल्यान आउँदै गरेको गाडी दुर्घटना, ११ को ज्यान गयो

बाँके – बाँकेको राप्ती सोनारीमा गाडी दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति १२ बजेतिर नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटना हुँदा ११ जनाको मृत्यु र २२ जना घाइते भएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।  घटनाको थप विवरण आउन बाँकी छ ।

 

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार ०७:००