वाँके दुर्घटनाः मृतक र घाइते ३३ जनाकै काेराेना परिक्षण हुने

वाँके- बाँकेको अगैया नजिकै जंगलमा भएको सवारी दुर्घटनामा परेर ज्यान गुमाएका १२ सहित ३३ जनाको कोरोना परिक्षण गरिने भएको छ ।

त्यसका लागि आज (सोमबार) बिहान उनीहरुको स्वाव संकलन गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले जानकारी दिए । अस्पतालको इमरजेन्सी वार्डलाई नै आइसोलेसनमा परिणत गरेर स्वाब संकलन गरिएको उनले बताए ।

उनीहरु भारतबाट आएको हुनाले कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको हो । नेपालगञ्जको जमुनाहा नाकाबाट सल्यानका लागी छुटेकाे ना ५ ख ५९९५ नम्बरको फोर्स गाडी आइतबार राति अगैया भन्ने ठाउँमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । अन्य २१ जना घाइते छन् ।

मृतकको शव भेरी अस्पतालमा राखिएको छ भने घाइतेको सोहि अस्पतालमा उपचार भइराखेको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७७, सोमबार १०:२८