
सल्यानको बनगाड कुपिन्डे नगरपालिकामा थप नंया थप ३८ जना संक्रमित थपिएका छन् ।
प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनामा संक्रमण देखिएको हो । यो संगैं सल्यानमा संक्रमितको संख्या ९२ पुगेको छ । थप संक्रमण पुष्टि भएका व्यक्ति १४ देखि ५७ बर्ष उमेर समुहका छन् ।
बनगाड कुपिन्डे नगरपालिकामा मात्रै यो सँगै कोरोना संक्रमितको संख्या ८० पुगेको छ ।
भारतदेखि आएर क्वारेन्टाइन मा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो । अब बनगाड कुपिन्डेमा भारत बाट आएका १ हजार ६ सय नागरिकको चेकजाँच गर्दा बाँकी छ । अहिले सम्म २ सय ६४ काे चेकजाँच गरिएको छ ।
प्रकाशित मिति: २४ जेष्ठ २०७७, शनिबार १६:५५