सल्यान थप ५ जनालाइ काेराेना संक्रमण

सल्यानमा थप पाँच जनामा काेराेना संक्रमण देखिएकाे छ । साेमबार दिउँसाे प्रदेश अस्पताल सुर्खेतको पशुपन्क्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण देखिएको हो ।

यो संगैं सल्यानमा संक्रमितको संख्या १सय २५ पुगेको छ । थप संक्रमण पुष्टि भएका व्यक्ति  बनगाड कुपिन्डे नगरपालिकाका तिन पुरूष र कुमाख गाउँपालिकाका १ पुरूष र १ महिला गरी २ जना छन् ।

भारतबाट आएर क्वारेन्टाइन मा बसेका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति: २६ जेष्ठ २०७७, सोमबार १३:३६