
सल्यान – शारदा नगरपालिकाको बिभिन्न क्वारेन्टाइनमा रहेका १ सय ८ जनाको आज स्वाव सङ्कलन गरिएकोछ। बाकी १ सय पन्ध्र मध्य उनिहरुको स्वाव सङ्कलन गरिएकोहो । यश अघि स्वाव सङ्कलन गरि पठाइएका २ सय ४२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आए पछि विहिबार मात्रै घर पठाइएकोथियो।
आज शुक्र्वार गरिएको स्वाव सङ्कलन लाई पिसिआर रिपोर्टका लागि हेटौडा स्थित कोरोना प्रदेश प्रयोगशालामा पठाइएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयाे । यसैगरी,स्वाव सङ्कलन गराउन खलङ्गा स्थित लुहापिङ्गमा उपस्थित भएका क्वारेन्टाइनमा रहेका नगरवासी हरुलाइ आवस्यक स्वास्थ्य सामग्री दिइएकोछ।
सामग्रीहरुमा स्यानिटाइजर,साबुन,मास्क,टुथ्पेस्ट,ब्रस लगाएतका रहेकाछन।उक्त सामग्री सुर्खेत स्थित कोपिला भ्याली सस्थाले उपलव्ध गराएकोथियो।
प्रकाशित मिति: ३० जेष्ठ २०७७, शुक्रबार २२:३१