
प्रचण्ड खत्री / रुकुम पश्चिम
रुकुम पश्चिममा विषालु च्याउ खादा २ घरका ५ जना विरामी परेका छन । जिल्लाको बाफिकोट गाउपालिका वडा नम्बर ३ खरखरेका २ घर परिबारले बिषालु च्याउ खादा विरामी भएका हुन ।
खरखरे गाउका बर्ष ५५ का हरि बहादुर उखेरा, बर्ष २० कि शृष्टि बिक, बर्ष २८ कि झरना बिक र अर्को घरका बर्ष ४९ कि शान्ति बि क , बर्ष १० का बालक जनक बिक जंगली च्याउ खादा बिरामी परेको ईलाका प्रहरी कार्यालय बाफिकोटका ईन्चार्ज कर्ण बहादुर बि काले जानकारी दिनुभयो ।
जंगलमा पाईने विषालु च्याउ खादा बिरामी परेको पारिबारिक स्रोतले बताएको छ । १० गत्ते बिहान खाना संगै खाउ पछी उनीहरु बेहोस भयर बिरामी परेको ईन्चार्ज बि कले बताउनभयाे । अहिले उनीहरुको कुसारी अस्पताल तथा डायग्नोसिस सेन्टरमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बाफोकोटले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: १० असार २०७७, बुधबार १५:४८