
प्रचण्ड खत्री / रुकुम पश्चिम
रुकुम पश्चिमको मुसीकोट नगरपालिका १२ नयाँगाउँका कोरोना संक्रमित निको भएर घर फर्केका छन । असार ६ गते कोरोना पुष्टि भएका ३३ वर्षका ति पुरुष उपचारपछि निको भएर फर्किएका हुन् । उनी कोरोना पोजिटिभ भएलगत्तै साथ मुसिकोटमा रहेको खलंगा बहुमुखी क्यापसको क्वाराटाईनामा राखिएको थियो ।
चेकजाच गर्दा रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई घर पठाइएको मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारबिर खड्काले जानकारी दिनुभयो । क्वारेन्टिनमा राखिएको ६ दिनपछि घर पठाएको खडकाले बताएउनुभयो ।
गत जेठ १४ गते भारतको महाराष्ट्रबाट जिल्लाबाट नेपाल भित्रिएका ति पुरुष सहित ४६ जनाको समुहलाई वडा नम्बर १३ को महेन्द्र माविमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको थियो । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहिमा गरिएको परीक्षणमा उनमा कोरोना देखिएको थियो ।
प्रकाशित मिति: १४ असार २०७७, आईतवार १२:२३