आहा!! कतिराम्रो स्याउ बगैचा, घुम्न जाने हैन

घरी घरी कुहिरोले ढपक्क ढाक्ने, चिसो अनि मनोरम ठाउँ जयतपानीमा रहेको स्याउ बगैचामा पुगेपछि आनन्दको अनुभुति हुन्छ । त्यसै त चिसो ठाँउ त्यसमा पनि लटरम्म फलेको स्याउले कसको मन नलोभिएला र लामो लकडाउनले घरबाट कतै घुम्न जानपाउनु भएको छैन र जाउँजाउँ लागिरहेको छ भने यो ठाउ नछुटाउनुस है सामाजिक दुरी कायम गर्दै यहाँ सम्म पुगेर आनन्द लिनुहोस्

समुन्द्र सतहबाट झण्डै २ हजार मिटर उचाईमा रहेको जयतपानी बजार देखि माथीतिर नेपाल टेलिकमको टावर रहेको करिव १६ रोपनी जमिनमा स्याउको बगैचा छ , यहाँ जाँदा चिसो मौसम अनि कुहिरोसंग लुकामारी खेल्दा आनन्दको अनुभुति हुन्छ

छिनछिनमै कुहिरो लाग्ने र छिनछिनमै पानी पर्ने अनि त्यसमा चिसो सिरेटोले गर्मी ठाउँबाट गएकाहरुलाई सितल महशुष हुन्छ

स्याउ बगैचाबाटै आफैले टिपेर किनेर ल्याउन सकिने वगैचा सञ्चालक शिशिर कुमार थापा बताउनुहुन्छ स्याउसंगै फोटो खिच्न रामाउन सकिन्छ । लकडाउनका कारण विद्यालयहरु बन्द भएका कारण पनि यहाँ बालबालिकाहरुलाई लिएर घुमाउन पनि सकिन्छ

  • 493
    Shares

2 प्रतिक्रियाहरु

  1. धेरै धेरै राम्रो लाग्यो मलाई प्रगतिको कामना ब्यक्त गर्दछु ॥😊 😊

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close