सुनचाँदीको मूल्य आकाशिदै

काठमाडौं ।

नेपालमा सुनचाँदीको मूल्य आकाशिएको छ। मंगलबार सुन ४ सय र चाँदी ४० रुपैयाँले प्रतितोला महंगिएको हो।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। सोमबार यसको भाउ ९२ हजार ३ सय रुपैयाँ थियो। त्यस्तै तेजाबी सुन प्रतितोला ३ सय ९५ रुपैयाँले महंगो भएको छ। आज तेजाबी सुन ९२ हजार २ सय ६० मा कारोबार भएको छ। सोमबार यसको मूल्य ९१ हजार ८ सय ६५ रुपैयाँ थियो।

त्यस्तै हिजो १ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ४० रुपैयाँ महंगिँदै प्रतितोला १ हजार ४० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलवार १२:३६