आज विहिबार अत्यधिक उल्का वर्षा हुने

काठमाडौं – स्विफ्ट टटल नामक पुच्छ्रेताराको कारण  विहीबार अत्याधिक उल्का वर्षा हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । गत साउन २ गतेदेखि सक्रिय रहेको यो उल्कावर्षा आगामी भदौ ८ गतेसम्म देखिने एस्ट्रोनोमिकल सोसाइटीले जानकारी दिएको छ ।

एस्ट्रोनोमिकल सोसाइटीका अनुसार स्विफ्ट टटलले सूर्यको एक पटक परिक्रम गर्न १ सय ३३ वर्ष को समय लगाउने गरेको छ । स्विफ्ट टटलले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धूलोका कण र चट्टानहरु छोड्ने गर्छ ।

जब पृथ्वी सूर्यको परिक्रमा गर्ने क्रममा उक्त कक्षको नजिक आइपुग्छ तब ती कण र चट्टानहरू पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर उल्का वर्षाको रूपमा खस्ने गरेको बताइएको छ । यसैलाई उल्का वर्षा भनिन्छ जसलाई नेपाली जनजिब्रोमा ’तारा खसेको’ पनि भनिन्छ ।

  • 1
    Share

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close