प्रचण्ड–माधव नेतृत्वको नेकपाले ग¥यो विरोध सभा

सल्यान– प्रचण्ड माधव नेतृत्वको नेकपा कपुरकोटले सोमबार विरोध सभा सल्यानको कपुरकोटमा सम्पन्न गरेको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य मेटमणि चौधरीले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंबैधानिक, अलोकतान्त्रिक र जनभावना विपरित काम गरेको बताए ।

नेकपाका कपुरकोटका सचिव तिर्थराज बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा सल्यान क्षेत्र नम्बर २ का इन्चार्ज उदय बहादुर बोहरा, दाङ जिल्ला पार्टी कार्यालय सचिव चुडामणी बेलवासे, नेकपा प्रदेश कमिटी सदस्य भद्रसिंह बुढा, अन्य नेताहरु प्रकाश भण्डारी, जित प्रसाद आचार्य, अमर राणा, यम कुमार बस्नेत, हरिलाल पुन, मधुसुदन गिरी, दुर्गा बहादुर पुन, प्रमोद कुमार खड्का, पुर्भान पुन लगाएतले मन्तव्य राखेका थिए ।

कपुरकोट गाउपालिकाका उपाध्यक्ष तिला बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला कमिटीका सदस्य टोपेन्द्र केसीले गरेका थिए । सभा अघि बजाररमा विरोध ¥याली निकालिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close