विश्व उपभोक्ता अधिकार दिवस : ढक-तराजुको प्रयोग र मूल्यमा असमानताका कारण ठगिँदै उपभोक्ता

काठमाण्डाै ।

आज मार्च १५ अर्थात् विश्व उपभोक्ता अधिकार दिवस । आज नेपालमा पनि ‘प्लाष्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

सन् १९६२ मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएपछि यसैको सम्झनामा यो दिवस मनाइँदै आइएको हो । त्यसपछि सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाबाट थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको थियो । त्यही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन जारी गरेका हुन् ।

नेपालमा उपभोक्ता संरक्षण ऐन, २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद वा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको भए पनि उपभोक्ता ती अधिकार प्रयोग गर्नबाट वञ्चित भएका छन् ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार ११:५९