सुरक्षित आप्रवासन परियोजना सामीद्वारा पत्रकारहरूसंग अन्तरक्रिया सम्पन्न

कभरखबर डेस्क ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले सल्यानमा गरेका कार्यहरुका बारेमा जिल्ला स्तरमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको सदरमुकाम खलंगामा अायाेजित अन्तरक्रिया कार्यक्रममा बाेल्दै डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानका अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा काम गरिरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय सल्यानमा आप्रवासन स्रोत कन्द्र स्थापना गरेर आवश्यक परामर्श प्रदान गरिरहेको उहाँको भनाई छ ।

बैैदेशिक रोजगारमा जाने नेपाली कामदार र उनका परिवारलाई सुरक्षित र उपलब्धीमुलक बनाउन सुरक्षित आप्रवासन परियोजना (सामी) ले काम गरी रहेकाे छ।

डेभ्लपमेन्ट सोशाईटी नेपाल, सल्यानको स्थानीय व्यवस्थापन र सामी हेल्भेटासको प्राविधिक सहयोगमा सञ्चालित परियोजना शारदा नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकामा सञ्चालनरत रहेको छ ।

बैदेशिक रोजगारमा जाने नेपाली कामदारहरुका लागि जुन देशमा जाने हो त्यहि देशको काम अनुसारको सिपमुलक तालिम उपलब्ध गराउने र परिवारका लागि पनि उपलब्धीमुलक बनाउने गरी सामीले काम गरिरहेको जिल्ला कार्यक्रम संयोजक बिमल गौतमले जानकारी दिनुभयो ।

 कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार ०८:४६