सल्यानमा लाेकल कुखुरा धमाधम मर्न थालेपछि किसानहरू चिन्तित

नरेन्द्र थापा, मधाना,सल्यान ।

सल्यानकाे शारदा नगरपालिका वडा नम्बर १० मधानामा लाेकल कुखुरा धमाधम मर्न थालेपछि किसानहरू चिन्तित बनेका छन् ।

स्थानीय गगन कवरले व्यवसायिक रूपमा कुखुरा पालन गर्न थालेकाे लामाे समय भयाे अहिले राेगका कारण कुखुरा धमाधम मर्न थाले पछि यस वर्ष करिब एक लाख ५० हजार बराबरकाे घाटा लागेकाे उहाँले बताउनु भयाे । लाेकल र  ब्रोइलर गरी अहिले खाेर नै रित्तिएकाे छ उहाँले भन्नुभयाे किसानकाे घाटा कस्ले पाे देख्छ र ।

उहाँजस्तै यस गाउँका अन्य स्थानीयहरूका पनि कुखुरा मर्न थालेपछि  जिल्ला पशु स्वास्थ्य सेवा कार्यालयबाट राेग पहिचान गर्न  रमेश शर्मा र उषा भट्टराइ स्थानीयकाे घरमा पुगेका छन् ।

लक्षणका अाधारमा रानीखेत राेग जस्ताे देखिएपनि कुखुरामा कुन राेग हाे भनी पहिचान गर्न पशुपन्छी रोग अनवेशन प्रयोगशाला सुर्खेत पठाउन लागिएकाे छ । कुखुराकाे खोर नै  रित्तिन थालेपछि स्थानीयले भएका केही कुखुरा बचाउन स्थानीय सरकारले रानीखेत खाेप उपल्बध गराउछ की भनेर अाशावादी रहेका छन् ।

 

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार १९:५८