मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानकाे अभियान

कभरखबर ।

घरेलु मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अभियान संचालन गरेकाे छ । मदिरा सेवनले गर्दा विभिन्न अपराध जन्य घटनाहरू भइ रहेकाे भन्दै मदिरा नियन्त्रण अभियान थालिएकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ ।

घरेलु मदिरा नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सल्यानले अभियानै सञ्चालन गरिरहेकाले कुनै पनि किसिमको घरेलु मदिराको कारोबार नगर्न नगराउन समेत अनुरोध गरिएकाे प्रहरी प्रमुख डिएसपी गाेविन्द थापाले जानकारी दिनुभयाे ।

साथै जिल्लामा  इजाजत बिना मदिरा काराेबार गरी रहेका व्यापारीलाइ समेत तत्काल वैधानिक ढंगले व्यवसाय गर्न जिल्ला प्रशासन कार्यालयले अनुराेध गरेकाे छ ।

चैत्र ३ गतेको जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णय बमोजिम सल्यानका विभिन्न स्थानमा कतिपय व्यापारीले ईजाजत नलिई मदिराको कारोबार गरिरहेको भने सूचनाको आधारमा ईजाजत नलिई मदिराको कारोबार गरिरहेका व्यापारी व्यवसायी लाई ०७७ चैत्र मसान्त सम्ममा ईजाजत लिन समय सीमा दिइएकाे छ ।

सो समय सीमा भित्र ईजाजत लिई कारोबार गर्न अनुरोध गर्ने, यदि तोकिएको समय सीमा भित्र ईजाजत नलिई मदिराको कारोबार गरेको पाइएमा उक्त मदिरा नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने भनी निर्णय गरिएको छ ।

बैठकमा उद्योग बाणिज्य संघ सल्यान लगाएत सरोकारवाला निकायले समेत यो सम्बन्धी जानकारी आफ्ना व्यापारी व्यवसायी लाई गराइदिन हुन अपिल गरिएकाे प्रहरी प्रवक्ता लक्ष्मण वलीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार २१:०१