
काठमाडौं ।
देशमा मौसम बदली कायमै रहेको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण देशका केही भागको मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज शुक्रबारदेखि आइतबारसम्म देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको छ ।
आइतबार पनि मौसम बदली कायमै रहनेछ । आइतबार दिउँसो पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने छ भने राति पनि प्रदेश १ का पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको महाशाखाको अनुमान छ ।पहाडी क्षेत्रमा हावा हुरी, मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना भएकोले सतर्क रहनसमेत महाशाखाले सचेत गराएको छ ।
प्रकाशित मिति: ६ चैत्र २०७७, शुक्रबार १०:४२