चौरजहारीमा महोत्सव सञ्चालन हुने

प्रचण्ड खत्री / रुकुम पश्चिम

काेराेनाकाे महामारीले राेखिएकाे बृहत चाैरजहारी साँस्कृतिक महाेत्सव याे बर्षपछि पुनः सञ्चालन हुने भएको छ । अघिल्लो बर्षमा चैतमा सञ्चालन हुने भनेको महाेत्सव काेराेनाले सञ्चालन हुन नदिएपछि काेराेनाकाे महामारी कम भएसँगै पुनः सञ्चालन हुन लागेको हाे । नयाँ बर्ष २०७८ लाई मध्यनजर गरेर चैत २६ गतेदेखि बैशाख ५ गतेसम्म महाेत्सव सञ्चालन हुने महाेत्सव मुल अायाेजक समितिले जनाकारी दिएकाे छ ।

कृषि ,व्यापार र पर्यटन विकासको लक्ष्य लिएको महाेत्सवकाे उदेश्य भने उद्योग वाणिज्य संघको भवन बनाउने रहेको छ । महाेत्सव अवधिभर भेरी नदिमा र्‍याफि्टङ सञ्चालन गर्ने , चाैरजहारीका पर्यटकीय स्थलहरुकाे अवलोकन गर्न मिल्ने महाेत्सव मुल अायाेजक समिति संयाेजक तथा उद्योग वाणिज्य संघका अध्यक्ष प्रेम सुनारले बताएका छन् । अाज पत्रकार सम्मेलन गरेर महाेत्सवकाे बारेमा जानकारी दिदै अध्यक्ष सुनारले बताउनुभएकाे हाे ।

पत्रकार सम्मेलनमा महाेत्सवकाे अाकर्षणकाे बिषयमा उद्योग वाणिज्य संघका बरिस्ठ उपाध्यक्ष यदुकुमार अाचार्यले जानकारी गराउनुभएकाे  थियाे । यहाँको कला संस्कृति र महाेत्सवमा कस्ताकस्ता कलाकार ल्याउने भन्ने बिषयमा सांस्कृतिक संयाेजक एल. बि . कटुवालले  जानकारी गराउनुभएकाे  थियाे ।

प्रकाशित मिति: ७ चैत्र २०७७, शनिबार १९:२६