
जित प्रसाद आचार्य,कपुरकाेट
सल्यानको कपुरकोटमा पशु ब्यवस्थापन तथा उपचार तालिम सम्पन्न भएको छ । साना किसान कृषि सहकारी संस्था को आयोजना तथा साना किसान बिकास लघुवित्त वित्तिय संस्था लिमिटेड ईलाका कार्यलय बिरेन्द नगर सुर्खेत को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
संस्था का अध्यक्ष डम्बर बहादुर एरीको अध्यक्षता तथा कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका किसानहरुलाइ आत्मनिर्भर बनाउने उद्देश्यले तालीम संचालन गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर सेन ,कार्यपालिका सदस्य ललिता गिरि, ठग बहादुर बिक लगायतकाले बोल्नु भएको थियो । पालिका भित्रका ३१जना महिला र ९ जना पुरूष गरि जम्मा ४० जनाको सहभागिता रहेको थियो ।
संस्थाका उपाध्यक्ष मनिराम रानाको स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण जित प्रसाद आचार्यले गर्नु भयको थियो । तालिमको प्रशिक्षण पशु शाखाका प्राविधक अरूणा भण्डारी र अविकिरण डिसिले दिनुभयको थियो ।
प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार १७:२३