भेटेरिनरी एसोसिएसनको अध्यक्षमा श्रेष्ठ तेस्रोपटक निर्वाचित

काठमाडौँ ।

नेपाल भेटेरिनरी एसोसिएसनको अध्यक्षमा डा. सितलकाजी श्रेष्ठ निर्वाचित हुनुभएकाे छ । डा. श्रेष्ठ अध्यक्षमा पुन: तेस्रो पटक निर्वाचित भनुभएकाे हाे ।

उहाँले कूल खसेको ४८६ मत मध्ये ३८६ मत प्राप्त गर्नुभएकाे हाे । उपाध्यक्षमा डा. कृष्ण काफ्ले निर्वाचित भएका छन् भने महासचिव, सचिव, कोषाध्यक्ष र प्रधान सम्पादकमा क्रमशः डा. अशेष भट्टराई, डा.रामचन्द्र सापकोटा, डा.सिकेश मानन्धर र डा.सुरेन्द्र कार्की निर्विरोध निर्वाचित हुनुभएकाे हाे ।

कार्यकारिणी समितिको केन्द्रिय सदस्य पदमा १२ जना प्रतिस्पर्धीबाट ६ जना निर्वाचित हुने व्यवस्था अनुरुप क्रमश डा.शंकर न्यौपाने, डा. सेरिन अमात्य, डा. अजित कुमार कर्ण, डा. महेश्वर दाहाल, डा.रकसन कर्माचार्य र डा.सविना लम्साल निर्वाचित हुनुभएकाे छ । यसअघि सातै प्रदेशमा एसोसिएसनको प्रादेशिक समितिहरुको निर्वाचन सम्पन्न भएको थियो । प्रादेशिक समितिका अध्यक्षहरु केन्द्रिय कार्यसमितिको सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलवार ०७:२९