
सल्यान .
त्रिवेणि गाउँपालिका सल्यानको सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ६ को कार्यालय लुहाममा सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालयबाट भैरहेका सेवा प्रवाह भौतिक पुर्वाधार निर्माण, बजेट लगायतका विषयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
जनताहरुलाइ सुशासनका प्रत्याभूति दिन र आम जनमानसमा स्थानीय सरकारलाइ सफल एवम सबल संस्थाको रुपमा स्थापित गर्नका लागि त्रिबेणी गाउँपालिकाले सार्वजनिक सुनवाई सम्पन्न गरेको हो । आ.व. २०७७/७८ मा वडाले गरेका विकास निर्माणका कामहरुको बारेमा वडासचिब दिपक गौतमले जानकारी गराउनु भएको थियो । कार्यक्रममा वडाका जनताहरुको राखेका प्रश्नहरुको जवाफ संम्बन्धीत शाखा प्रमुख तथा गाउँपालिका अध्यक्षले दिनु भएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसुन्धरा पुनले आ.व. २०७७/७८ को चौमासिकमा शिक्षा शाखामा विनियोजित १ करोड ११ लाख ७७ हजार ५ सयमा ५८ लाख ४० हजार ९ सय ९० रुपैया खर्च भई ५२.२५ प्रतिशत खर्च भएको छ । यस्तै स्वास्थ्य शाखामा विनियोजित ८५ लाख ३० हजार २ सय मध्ये ३१ लाख ५५ हजार १ सय ८५ रुपैया गरी ३६.९८ प्रतिशत खर्च भएको छ । कृषि शाखामा विनियोजित ७० लाख ५० हजार मध्ये १३ लाख ४७ हजार १ सय ४४ रुपैया ५० पैसा गरी १९.१ प्रतिशत खर्च भएको छ ।
पशु शाखामा विनियोजित ४९ लाख ९७ हजारमध्ये १८ लाख ६६ हजार २ सय ३१ रुपैया ७९ पैसा गरी ३७.३४ प्रतिशत खर्च भएको छ । आ.ब. २०७७/७८ को चौमासिकमा १५ करोड ९९ लाख ४३ हजार ४ सय ९६ मध्ये ४ करोड ११ लाख ६५ हजार ९ सय ६७ रुपैया १४ पैसा गरि २५.७३ प्रतिशत खर्च भएको छ । गाउँपालिकाको आ.व. २०७७/७८ को कुल बजेट ४२ करोड ८८ लाख २२ हजार ७ सय २६ मध्ये ११ करोड ९८ लाख १९ हजार २ सय ९ रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा जवाफदेही वक्ताको रुपमा स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठ, प्राविधिक शाखाबाट ईन्जिनियर शिबराज गोसाई, शिक्षा शाखा प्रमुख गणेश प्रसाद आचार्य, कृषि शाखा प्रमुख लक्ष्मी चन्द बबाल, पशु शाखा प्रमुख बसन्त रावत, गाउँकार्यपालिका सदस्य कान्ती वलि, वडा सदस्य जीवलाल कामी, हिरा बिक, भोलाप्रसाद खड्का र त्रिबेणी गाउँपालिका भित्रका शिक्षक लगायत १ सय ५० भन्दा बढि स्थानीयहरुको सहभागिता रहेको थियो ।
त्रिबेणी गाउँपालिका सल्यानले आयोजना गरेको कार्यक्रममा सभाध्यक्ष तथा जवाफदेही बक्ताको रुपमा गाँउपालिका अध्यक्ष मानबहादुर डांगी रहनु भएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्काले स्वागत मन्तव्यमा राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण पत्रकार उत्तर कुमार साहुले गर्नुभएको थियो ।
प्रकाशित मिति: १० चैत्र २०७७, मंगलवार २१:३४