गृह मन्त्रालयले ७७ जिल्लामा क्वारेन्टिन र आइसोलेसन तयार गर्न परिपत्र गर्याे

काठमाडौं ।

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र जारी गरेको छ।कोरोना भाइरसको संक्रमण अझै बढ्न सक्ने खतरा रहेको भन्दै सोमबार मन्त्रालयले सबै प्रशासन कार्यालयमा पत्र पठाएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेपछि गृह मन्त्रालयले गत सोमबार परिपत्र गरेको हो।स्वास्थ्य मन्त्रालयको विज्ञप्तिको आधारमा गृह मन्त्रालयले परिपत्र जारी गरेको जनाइएको छ । मुख्यतः भारतमा कोरोना बढेपछि नेपालमा पनि बढ्न सक्ने सम्भावना देखिएपछि भीडभाड हुन नदिन परिपत्र जारी गरिएको जनाइएको छ ।

हाल नाकाबाट प्रवेश गर्नेहरूको पनि विवरण संकलन गर्न भनिएको मन्त्रालयले जनाएको छ । साथै, नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ।

प्रकाशित मिति: १२ चैत्र २०७७, बिहीबार १६:१४