बर्ड फ्लुको जोखिम कायमै : घरपालुवा पक्षीलाई जङ्गली पक्षीको सम्पर्कमा आउन नदिन विज्ञको आग्रह

काठमाण्डाै ।

पशुसेवा विभागले पशुपक्षी फार्म अथवा अरु बिक्री वितरण स्थलमा अस्वाभाविक रुपमा पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।देशका विभिन्न ठाउँमा बर्ड फ्लु सङ्क्रमणको जोखिम कायमै रहेकाले पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो ।

विभागका प्रवक्ता चन्द्र ढकालले घरपालुवा पक्षीलाई जंगली पक्षीको सम्पर्कमा आउन नदिन आग्रह गर्दै खुला रुपमा गरिने पक्षीपालनलाई निरुत्साहित गर्नुपर्नेमा जोड  दिनुभयो ।

यसअघि सुर्खेत, जाजरकोट र काठमाण्डौको तारकेश्वरको तीन ठाउँमा बर्ड फ्लु देखिएको थियो । यस्तै बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अरु ठाउँमा फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र पालिकाबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमण गरिने गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलवार ११:१५