
सल्यान ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । प्रेस चौतारीको तर्फबाट मिना बुढाथोकी र प्रेस युनियन नेपालको तर्फबाट नविन पौडेललको अध्यक्षमा उम्मेदवारी परेको हो ।
खुला उपाध्यक्षमा तिलकराज ओलि र शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने र पुष्पारिजन डिसीको उम्मेदवारी परेको छ । सचिवमा टिकाराम भण्डारी, खकेन्द्र केसी, समावेशी सहसचिव बुद्धिमान पुन, र चुडामणि पुन, सहसचिव खुल्ला तर्फ आशिष केसी, हिमाल उपाध्याय र कोषाध्यक्षमा शिवलाल डाँगी, विरेन्द्र डिसीको उम्मेदवारी परेको छ । महिला खुल्ला सदस्यमा मेघा रेउले, दलित सदस्यमा खेमराज स्वर्णकार, शारदा विक, जनजाति सदस्य हरिप्रकाश पुन, अन्य समावेशी अपांगता गोपाल शर्माको उम्मेदवारी परेको छ ।
यस्तै नेपाल पत्रकार महासंघ सल्यानको समाबेशी महिला सदस्यमा पदमा मेघा रेउले, जनजाती सदस्य हरिप्रकाश पुन ( एचपी मगर) र अन्य समाबेशी ( अपांग ) गोपाल शर्मा निर्विरोध निर्वाचित हुनुभएकाे हाे । देशभर यहि चैत २५ गते महासंघको नयाँ कार्यसमिति चयनको निर्वाचन हुदैछ ।
प्रकाशित मिति: २२ चैत्र २०७७, आईतवार २२:१९