
सल्यान ।
सल्यानमा घास काट्न जंगलमा गएकी एक महिला आगलागिमा परेर घाइते हुनु भएको छ ।
आइतबार बिहान देखी बागाड कुपिन्डे नगरपालीकाको कालापोखरा समुदाएक वनमा लागेको लागोमा परेर बनगाड कुपीन्डे नगरपालीका ७ घाजरीपीपलकी दुर्गा पुन घाइते हुनुभएको हो । देब्रे हात, कम्मर र अनुहारमा बढी आगोले पोलेको छ ।
घाँस काट्न सासु बुहारी जंगल गएको र सासुलाइ केही क्षती नभएको बुहारी भने आगोमा परेर घाइते भएको स्थानीय कृष्ण बि सीले जानकारी दीनुभएको. छ । बुहारी भीरमा घास काट्न गएको र सासु तल भएकोले सासु आगोबाट बच्न सफल भएको सकेत उहाँको भनाइ छ ।
घाइतेलाइ घाजरीपीपलमा प्रथामीक उपचार पछी अहिले मेहेलकुना उपचार भैरहेको छ, भने हिजो देखी लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।
प्रकाशित मिति: २३ चैत्र २०७७, सोमबार १२:३१